पर्वत । नेकपा एमालेले आफ्नो पार्टीमा जिल्लामा विभिन्न राजनीतिक दलका कार्यकर्ता प्रवेश गरे भनि फैलाएको प्रोपोगाण्डा हावादारी भएको पुष्टि भएको छ । कहिले सिंगो पार्टीने एमालेमा विलय तथा कहिले काँग्रेस माओवादी लगाएतका राजनीतिक दलका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा एमालेले आफ्नो पार्टीमा जिल्लामा विभिन्न राजनीतिक दलका कार्यकर्ता प्रवेश गरे भनि फैलाएको प्रोपोगाण्डा हावादारी भएको पुष्टि भएको छ । कहिले सिंगो पार्टीने एमालेमा विलय तथा कहिले काँग्रेस माओवादी लगाएतका राजनीतिक दलका "/>
४ पुष २०८२, शुक्रबार
पर्बत - PBT

एमालेको अभियान-पार्टी प्रवेशको नाउमा फेक अनलाइनमा हावादारी प्रचार

२० चैत्र २०७३, आईतवार ११:३१

पर्वत । नेकपा एमालेले आफ्नो पार्टीमा जिल्लामा विभिन्न राजनीतिक दलका कार्यकर्ता प्रवेश गरे भनि फैलाएको प्रोपोगाण्डा हावादारी भएको पुष्टि भएको छ । कहिले सिंगो पार्टीने एमालेमा विलय तथा कहिले काँग्रेस माओवादी लगाएतका राजनीतिक दलका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको सामाजिक संजाल र फेक अनलाइनमा प्रचार गर्दै आइरहेको एमालेले पार्टी प्रवेशको नाउमा गलत प्रचार गरेको भेटिएको हो । 


अखण्ड नेपाल पर्वत एमालेमा विलय नामक शिर्षकमा फेक समाचार बनाइ भाइरल बनाएको एमाले पर्वतलाई अर्को झड्का लागेको छ ।  नेपाली काँग्रेको कुश्मा नगरपालिका ८ चुवाका सचिव राजुप्रसाद सुवेदीलाई झुक्काएर पार्टी प्रवेशको प्रोपोगाण्डा बनाइएको रहस्य फेला परेको छ । 

राजुप्रसाद सुवेदीले चैत्र १९ गते सांसद विकास लम्साल, एमाले अध्यक्ष पदम गिरी सहितको टोली लालेश्वर गुफा अबलोकनको लागि गएको र सोही क्रममा आफू पनि लालेश्वर गुफाको  कोषाध्यक्षको हैसियतले कार्यक्रममा सहभागी भएको र कार्यक्रममा सम्मानको गरी अविर माला लगाएको फोटो खिचि पार्टी प्रवेशको  नाम दिइएको भन्दै प्रेश विज्ञप्ती मार्फत उनले जनाएका छन् । 

एमाले जस्तो देशको दोस्रो ठूलो शक्तिका रुपमा रहेको एमालले पार्टी प्रवेशको नाउमा गरेको गलत प्रचारको  भ्रममा नपर्न उनले आग्रह गरेका छन् ।

विभिन्न राजनीतिक दलका कार्यकर्तालाई बोलाउदै भ्रमपूर्ण र तथ्यहिन समाचार फेक अनलाइन र ब्लकमा राख्ने हर्कतले एमालेलाई थप बदनाम गराएको छ । यो भन्दा अगाडि अखण्ड नेपालका अध्यक्ष युगनाथ रेग्मी भएता पनि एमालेले पार्टीले कारवाही गरेका नेतालाई सदस्य बनाउँदै अखण्ड नेपाल पर्वतनै एमलेमा विलय भएको प्रचार गरेको थियो ।

Image may contain: text


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ