२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माअाेवादीले सहिदका सपना पूरा नगरेकाे भन्दै एमालेमा प्रवेशकाे लहर

२० चैत्र २०७३, आईतवार १४:३२


चैत २०, काठमाडौं ।
हिद र सहिदका परिवारकाे सपनालाई माअाेवादी केन्द्रले कुल्चिएर गलत बाटाे पार्टीमा लागेकाे भन्दै स्थानिय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्न थालेका छन् ।

नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले काठमाडौमा अायाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रममा बाेल्दै सहिद परिवारका सदस्यहरूले सरकारमा माअाेवादी पुगेपछि पनि अाफुलाई वास्ता गर्न छाडेकाेले पार्टी छाड्नु परेकाे बताए ।
माअाेवादी युद्धकालमा दोरम्बा हत्याकाण्डमा छोरा गुमाएका कृष्ण बहादुर लामाले १७ हजार जनताको रगतमा माअाेवादीले होलि खेलेको आरोप लगाउदै अाफू एमालेमा प्रवेश गरेकाे धारणा राखे ।

पार्टी प्रवेश कार्यक्रममा रामेछापबाट राजधानी अाएर बसाेबास गरेका व्यक्तिहरू नेपाली काङ्ग्रेस र माअाेवादी केन्द्र परित्याग गरि ठुलाे संख्यामा एमाले प्रवेश गरेकाे सम्पर्क मञ्चका सचिव राकेश श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा माकादुमबाट सन्तोष केसि, नवीन केसी, देवेन्द्र केसी, राजकुमार खत्री,राजन केसि, अर्जुन केसी, रामकृष्ण केसी, प्रदीप पराजुली, राजकुमार खड्का, राकाथुमबाट राजकुमार श्रेष्ठ, गुन्सी ९ गुन्सालबाट लालबिक्रम घिसिङ, जगत बहादुर घिसिङ, सुमन घिसिङ, तेज बहादुर नेपाली, लखनपुरबाट निमा योन्जन, सियास तामाङ, बेथानबाट कृष्ण बहादुर तामाङ, बिष्णु तामाङ, ज्ञान ब थापामगर गोपिलाल चौलागाईं, मनोज थापामगर, जगत घिसिङ लगायतका व्यक्तिहरू एमालेमा प्रवेश गरेकाे सम्पर्क मञ्चका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।


एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बद्रि भण्डारीकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा एमाले केन्द्रिय सदस्य माधव ढुङगेल, माननीय कमला सुवेदी, श्याम बस्नेत, रणकुमारी थापा लगायत प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरूले मन्तव्य राखेका थिए ।


उनीहरूले स्थानीय निर्वाचनमा एमालेलाई जिताउन जिल्ला हरेक गाउँपालिकामा पुगेर पार्टीका नीति तथा कार्यक्रम जानकारी दिन अाग्रह गरेका छन् । उनीहरूले देशैभरी एमालेमा प्रवेशकाे जनलहर चलेकाले रामेछापमा पनि अझै याे क्रम चल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा