२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चुनाव चिन्ह नपाउने रामेछापका दलद्वारा निर्वाचन कार्यालयमा धर्ना

२० चैत्र २०७३, आईतवार १४:४७

चैत २०, रामेछाप । चुनाव चिन्ह नपाएका रामेछापका राजनैतिक दलले चुनाव चिन्ह पाउनुपर्ने माग गदै जिल्ला निर्वाचन कार्यालय रामेछापमा धर्ना दिएका छन् । 

आईतबार सदरमुकाम मन्थलीस्थित जिल्ला निर्वाचन कार्यालय अगाडि पञ्चायति सिन्डिकेट खारेज गर्नुपर्ने, लोकतान्त्रिक मुल्य र मान्यतालाई मर्न दिन नहुने राजनैतिक अधिकार खोस्न नहुने र निर्वाचनमा सबै दलहरुलाई सहभागी गराउनु पर्ने लगाएतका नारा लगाउदै नयाँ शक्ति नेपाल सहितका राजनैतिक दलहरुले धर्ना दिएका हुन् । 

बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा चुनाव चिन्ह सहित भागलिन पाउने राजनैतिक अधिकार सरकारले सुनिश्चित गर्नुपर्ने मुख्य माग सहित आफुहरुले संयुक्त रुपमा विरोध कार्यक्रम गरेको कार्यक्रममा सहभागि नयाँ शक्ति नेपाल रामेछापका नेता दिपक बोहोराले जानकारी दिए ।

उनले आफुहरुको मागका बारेमा सरकार गम्भिर नभएको बताए । उनले सरकारले तत्काल पहिचान सहित निर्वाचनमा भाग लिन पाउने राजनैतिक अधिकार अनुसार चुनाव चिन्ह नभएका दललाई चुनाव चिन्ह दिलाउनुपर्ने माग गरे । 

केहि समय अगाडि स्थानीय तह निर्वाचन ऐन अनुसार निर्वाचन आयोगले संसदमा भएका दलहरुलाई मात्र दलीय चुनाव चिन्ह दिएको छ । संसदमा नभएका अरु दलका उम्मेदवारले भने दलीय चुनाव चिन्ह पाउने छैनन् ।

निर्वाचन आयोगले चुनाव चिन्ह नभएका राजनैतिक दलले स्वतन्त्र हैसियतमा चुनाव लड्नु पर्नेछ । -पत्रकार नवराज श्रेष्ठको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै