चैत २१, काठमाडौं । नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पुर्‍याएर ‘हाउस मेड’(घरेलु कामदार) का रुपमा बेच्ने गरेको खुलेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २१, काठमाडौं । नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पुर्‍याएर ‘हाउस मेड’(घरेलु कामदार) का रुपमा बेच्ने गरेको खुलेको छ । "/>

2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली महिलालाई कुवेतको सपना देखाएर साउदीमा बिक्री

April 3, 2017


चैत २१, काठमाडौं । नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पुर्‍याएर ‘हाउस मेड’(घरेलु कामदार) का रुपमा बेच्ने गरेको खुलेको छ । 

नेपालले महिलालाई घरेलु कामदारका रुपमा साउदी जान प्रतिबन्ध लगाए पनि गिरोहले झुक्याएर कुवेत हुँदै त्यहाँ पुर्‍याउने गरेका छन् ।

साउदीमा घरमा काम गर्ने महिलामाथि मालिकबाट शारीरिक, मानसिक र भौतिक यातना दिइने सार्बजनिक भएपछि केही वर्ष अघि सरकारले नेपाली महिलालाई त्यहाँ पठाउन रोक लगाएको थियो ।

विभिन्न गिरोहले नेपाली महिलालाई कुवेतमा आकर्षक काम र दामको प्रलोभन देखाई त्यहाँ पुर्‍याएपछि साउदी पठाउने गरेको पीडितको भनाइ छ ।

‘मलाई कुबेतमा चिकित्सा क्षेत्रमा जागिर लगाइदिन्छु भनेर पहिला त्यहाँ पुर्‍याए । त्यसपछि साउदी,’ साउदी अरेबियास्थित नेपाली दूताबासको सेल्टरमा रहेकी एक महिलाले टेलिफोनमा भनिन्, ‘पछि थाहा पाएँ, कुबेत ल्याएपछि मलाई साउदीमा बेचिएको रहेछ ।’

ती महिलालाई एक महिनाअघि दमामबाट उद्धार गरी दूताबासले आफ्नो सेल्टरमा ल्याएको हो । साउदीस्थिति नेपाली दूतावासका कार्यवाहक राजदुत आनन्दप्रसाद शर्माका अनुसार दूतावास सेल्टरमा अहिले १६ जना महिला छन् । उनीहरु सबैलाई उद्धार गरी ल्याइएको हो । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक