चैत २१, काठमाडौं । नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पुर्‍याएर ‘हाउस मेड’(घरेलु कामदार) का रुपमा बेच्ने गरेको खुलेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २१, काठमाडौं । नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पुर्‍याएर ‘हाउस मेड’(घरेलु कामदार) का रुपमा बेच्ने गरेको खुलेको छ । "/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली महिलालाई कुवेतको सपना देखाएर साउदीमा बिक्री

२१ चैत्र २०७३, सोमबार ०२:०७


चैत २१, काठमाडौं । नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पुर्‍याएर ‘हाउस मेड’(घरेलु कामदार) का रुपमा बेच्ने गरेको खुलेको छ । 

नेपालले महिलालाई घरेलु कामदारका रुपमा साउदी जान प्रतिबन्ध लगाए पनि गिरोहले झुक्याएर कुवेत हुँदै त्यहाँ पुर्‍याउने गरेका छन् ।

साउदीमा घरमा काम गर्ने महिलामाथि मालिकबाट शारीरिक, मानसिक र भौतिक यातना दिइने सार्बजनिक भएपछि केही वर्ष अघि सरकारले नेपाली महिलालाई त्यहाँ पठाउन रोक लगाएको थियो ।

विभिन्न गिरोहले नेपाली महिलालाई कुवेतमा आकर्षक काम र दामको प्रलोभन देखाई त्यहाँ पुर्‍याएपछि साउदी पठाउने गरेको पीडितको भनाइ छ ।

‘मलाई कुबेतमा चिकित्सा क्षेत्रमा जागिर लगाइदिन्छु भनेर पहिला त्यहाँ पुर्‍याए । त्यसपछि साउदी,’ साउदी अरेबियास्थित नेपाली दूताबासको सेल्टरमा रहेकी एक महिलाले टेलिफोनमा भनिन्, ‘पछि थाहा पाएँ, कुबेत ल्याएपछि मलाई साउदीमा बेचिएको रहेछ ।’

ती महिलालाई एक महिनाअघि दमामबाट उद्धार गरी दूताबासले आफ्नो सेल्टरमा ल्याएको हो । साउदीस्थिति नेपाली दूतावासका कार्यवाहक राजदुत आनन्दप्रसाद शर्माका अनुसार दूतावास सेल्टरमा अहिले १६ जना महिला छन् । उनीहरु सबैलाई उद्धार गरी ल्याइएको हो । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट