2026-10-29 06:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामका डेढ दर्जन हाट बन्द

चैत २१, इलाम । बढ्दो सहरीकरण र बजार विस्तारसँगै इलामका साबिकका गाविसमा पुस्तौँदेखि तिथि र बारका आधारमा लाग्दै आएका डेढ दर्जन हाट बन्द भएका छन् । यहाँका ४८ ठाउँमा तिथि र बारका आधारमा लाग्ने गरेका हटियामध्ये १८ ठाउँमा लाग्ने हटिया बन्द भएका हुन् । 

जमुना, जोगमाई, फलाँटे, मङ्गलबारेको बुधबारे, नामसालिङको शुक्रबारे, फिक्कलको बरबोटे, आइतबारेलगायतका ठाउँमा लाग्ने गरेको हाट अहिले लाग्दैन । द्वन्द्वका बेलादेखि गोर्खे हाट बन्द भएको छ । सडक आसपासमा पर्ने साना बजारमा साप्ताहिकरूपमा हाट लगाउने चलन सुरु भए पनि परम्परागतरूपमा लाग्दै आएका हाट लाग्न छाडेको एक अध्ययनले देखाएको अध्ययनमा संलग्न राम रिमाल बताउनुहुन्छ । 

तिथि र बारका आधारमा लगाइने हाट बजार बन्द हुँदै जाँदा सडक सुविधा विस्तार भएको ठाउँमा बजार सर्दै गएका छन् । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीले तिथिका आधारमा लाग्दै आएका धेरै हटिया बन्द गराए । सडक छेउमा विस्तार भएका बजारमा साप्ताहिक हाटसमेत लाग्न थालेका छन् । 

सडकसँगै जोडेर पसल राख्ने चलनले सडकलाई ठाउँ पुग्न छाडेको छ । बजारका कारण सडक साँघुरिँदै गएपछि केही ठाउँमा बजारलाई छाडेर सडक बनाइएका छन् । सडक छेउमा बजार निर्माण गर्ने र हटियासमेत लगाउने परिपाटीले यातायात अस्त–व्यस्त बन्ने गरेको छ । 

यहाँका पुराना बजार सडक सुविधा नपुगेकै कारण बन्द हुँदै गएका छन् । सडक पुगेका ठाउँमा मात्र पुराना बजारले निरन्तरता पाएका छन् । एकताका चम्किएको इलामको पुरानो गोर्खे बजार बन्द छ । जिल्लाकै पुरानो बजारका रूपमा रहेको गोर्खे अहिले चकमन्न छ । 

गोर्खेबजार भारतबाट सरसामान ल्याएर बिक्री गर्ने बजार थियो । गोर्खेबाटै इलाम सदरमुकामसम्म सामान ल्याइन्थ्यो । विसं १९६० अघि नै भन्सार र प्रहरी चौकीसमेत भएको गोर्खे बजार सुकेपछि त्यहाँ रहेको भन्सार र प्रहरी चौकीसमेत अहिले त्यहाँ छैनन् । भारतबाट मानेभञ्ज्याङसम्म गाडी आउँदा गोर्खेमा सबै प्रकारका सामान पाइन्थ्यो । जिल्लामा सडक सञ्जाल विस्तार भएसँगै गोर्खेबजार सुक्दै गएको हो । 

बाटोको पहुँच नपुगेको नाम्सालिङको शुक्रबारे बजार बन्द छ । भारतसँग नजिकमा पर्ने शुक्रबारेबजार पनि एकताका खुब चल्तीको बजार थियो । विसं १९६० भन्दा अघिदेखि नै व्यापारिक कारोबार हुने बजारमा अहिले पसल नगन्य मात्रामा छन् । गाउँमा अन्यत्रबाटै सामान जान थालेपछि बजार सुस्ताएको छ । फाकफोकको फलाँटे, माईपोखरीको देउराली, जमुनाको बुधबारे बजार पनि बाटोकै असहजताले बन्द भएका हुन् । माईपोखरीको देउरालीसम्म सडक पुगेपछि बुधबारे बजारको चमक घटेको स्थानीय बताउँछन् । 

सूर्योदय नगरपालिकाको पञ्चकन्यास्थित आइतबारे बजार पनि सुस्ताएको छ । मेची राजमार्गले बजारलाई छोएपछि आइतबारे बजार सेलाउँदै गएको हो । यातायातको विकाससँगै राजमार्ग क्षेत्रका बजार नयाँ केन्द्रका रूपमा उदाउँदैछन् । 

ती बजारमा कृषिजन्य उत्पादन, खाद्य सामानको किनबेच बढ्दै गएको छ । सडक सुविधा पुगेका ठाउँमा रहेका कतिपय बजार अहिले पनि छन् । हाट बजारमा ६० प्रतिशत कृषि र पशुजन्य उत्पादन किनबेच हुँदै आएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम