चैत २२, काठमाडौं | माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ। सोमबार बुद्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २२, काठमाडौं | माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ। सोमबार बुद्ध"/>
२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

२०७३, २२ चैत्र मंगलवार ००:४२

चैत २२, काठमाडौं | माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ। सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको देखिएको खबर गरेपछि हंगामा सुरु भयो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। 

करिब १५ मिनेट (बिहान ८ बजेदेखि सवा ८ बजेसम्म) धावनमार्ग नै बन्द गरी चितुवा खोज्नुपरेपछि यात्रुले सास्ती त व्यहोर्नुपर्यो, नै व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्यो। आकस्मिक उद्धारका लागि अग्निनियन्त्रक, सेना, प्रहरीलगायत टोली तयारी हालतमा पुग्यो भने चितुवा समाउन जिल्ला वन कार्यालयको प्राविधिक टोलीसमेत पुग्यो।

विमानस्थल कार्यालयका एक अधिकारीका अनुसार टोलीले पाइलटको दाबीअनुसार चितुवा फेला पारेन, त्यसपछि झाडीमा लुकेर बसेको भए भगाउने उद्देश्यले पानीको फोहरा हानियो। त्यसपछि पनि सिकारीले निरन्तर निगरानी गरिरहे। यसैक्रममा सोमबार साँझ सिकारीले ट्याक्सी वे ‘चार्ची सी’नजिकैको   ड्रेनमा दुईवटा स्यालका बच्चा मृत अवस्थामा फेला पारेका छन्।

विमानस्थलको धावनमार्ग प्रवेश गर्ने पाँचवटा ट्याक्सी वेमध्ये ‘सी’ नम्बरको वेनजिकको नालामा दुईवटा स्यालका बच्चा मरेको अवस्थामा फेला परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे। ‘हाम्रो आशंकाअनुसार चितुवा दाबी गरिएको जनावर स्याल थियो,’ उनले भने, ‘तर, सिकारीहरूले विमानस्थललाई निरन्तर निगरानीमा राखिरहेका छन्।’ त्रिभुवन विमानस्थलमा निरन्तर जंगली जनावर, कुकुर तथा चराहरूका कारण उडान–अवतरण जोखिमपूर्ण बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ