चैत २२, काठमाडौं | माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ। सोमबार बुद्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २२, काठमाडौं | माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ। सोमबार बुद्ध"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

२२ चैत्र २०७३, मंगलवार ००:४२

चैत २२, काठमाडौं | माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ। सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको देखिएको खबर गरेपछि हंगामा सुरु भयो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। 

करिब १५ मिनेट (बिहान ८ बजेदेखि सवा ८ बजेसम्म) धावनमार्ग नै बन्द गरी चितुवा खोज्नुपरेपछि यात्रुले सास्ती त व्यहोर्नुपर्यो, नै व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्यो। आकस्मिक उद्धारका लागि अग्निनियन्त्रक, सेना, प्रहरीलगायत टोली तयारी हालतमा पुग्यो भने चितुवा समाउन जिल्ला वन कार्यालयको प्राविधिक टोलीसमेत पुग्यो।

विमानस्थल कार्यालयका एक अधिकारीका अनुसार टोलीले पाइलटको दाबीअनुसार चितुवा फेला पारेन, त्यसपछि झाडीमा लुकेर बसेको भए भगाउने उद्देश्यले पानीको फोहरा हानियो। त्यसपछि पनि सिकारीले निरन्तर निगरानी गरिरहे। यसैक्रममा सोमबार साँझ सिकारीले ट्याक्सी वे ‘चार्ची सी’नजिकैको   ड्रेनमा दुईवटा स्यालका बच्चा मृत अवस्थामा फेला पारेका छन्।

विमानस्थलको धावनमार्ग प्रवेश गर्ने पाँचवटा ट्याक्सी वेमध्ये ‘सी’ नम्बरको वेनजिकको नालामा दुईवटा स्यालका बच्चा मरेको अवस्थामा फेला परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे। ‘हाम्रो आशंकाअनुसार चितुवा दाबी गरिएको जनावर स्याल थियो,’ उनले भने, ‘तर, सिकारीहरूले विमानस्थललाई निरन्तर निगरानीमा राखिरहेका छन्।’ त्रिभुवन विमानस्थलमा निरन्तर जंगली जनावर, कुकुर तथा चराहरूका कारण उडान–अवतरण जोखिमपूर्ण बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’