चैत २२, काठमाडौँ । काठमाडौँको दक्षिणभेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई आज खटजात्रा गरिएको छ । 

प्रत्येक वर्ष आजको दिन स्थानीय चोभारडाँडाब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  चैत २२, काठमाडौँ । काठमाडौँको दक्षिणभेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई आज खटजात्रा गरिएको छ । 

प्रत्येक वर्ष आजको दिन स्थानीय चोभारडाँडाब"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आदिनाथको मूर्तिलाई खटजात्रा गरियो

२०७३, २२ चैत्र मंगलवार ०७:२१

 चैत २२, काठमाडौँ । काठमाडौँको दक्षिणभेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई आज खटजात्रा गरिएको छ । 

प्रत्येक वर्ष आजको दिन स्थानीय चोभारडाँडाबाट करिब तीन किलोमिटरको दूरीमा पर्ने नख्खु दोभानसम्म मूर्तिलाई खटमा बोकेर लैजाने चलन छ । 

प्राचीन समयमा मूर्ति सोही दोभानमा फेला परेपछि चोभारका स्थानीयवासीले मन्दिर बनाई डाँडामाथि लगेर आजकै दिन प्रतिस्थापन गरेको जनविश्वासमा जात्रा निकाल्ने परम्परा बसेको पुजारी सरोज शाक्यले जानकारी दिनुभयो । बुधबार महास्नान गराइएका आदिनाथको मूर्तिलाई चैतेदसैँका दिन दोभानमा बजागाजासहित लगेर पूजा गर्ने परम्पराअनुसार त्यहाँ आज विशेष पूजा भएको छ । 

काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट जात्रामा सहभागी हुन भक्तजनको घुइँचो लागेको छ । वर्षमा एकपटक मात्र गरिने सो खटजात्रामा विभिन्न धर्मावलम्बीका स्वदेशी तथा विदेशी पर्यटकसमेत रमाइलो हेर्न त्यहाँ पुग्ने गर्छन् । आदिनाथ मन्दिरलाई हिन्दू धर्मावलम्बीले शिव शक्तिका रूपमा र बौद्ध धर्मावलम्बीले लोकेश्वरका रूपमा आस्था प्रकट गर्ने गर्छन् । 

करुणाका प्रतीकका रुपमा समेत मानिने आदिनाथको सो जात्रामा सहभागी भएमा रोगव्याधीबाट मुक्ति हुने र सकारात्मक ऊर्जा प्राप्त भई असल कार्यका लागि प्रेरणा मिल्ने बताइएको छ । साँझ स्थानीयवासीको घर आँगनमा मूर्तिलाई पु¥याएर दर्शन गराइने र मन्दिरमा प्रसाद वितरण गरिने कार्यक्रम छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की