चैत २२, काठमाडौँ । काठमाडौँको दक्षिणभेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई आज खटजात्रा गरिएको छ । 

प्रत्येक वर्ष आजको दिन स्थानीय चोभारडाँडाब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  चैत २२, काठमाडौँ । काठमाडौँको दक्षिणभेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई आज खटजात्रा गरिएको छ । 

प्रत्येक वर्ष आजको दिन स्थानीय चोभारडाँडाब"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आदिनाथको मूर्तिलाई खटजात्रा गरियो

२२ चैत्र २०७३, मंगलवार ०७:२१

 चैत २२, काठमाडौँ । काठमाडौँको दक्षिणभेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई आज खटजात्रा गरिएको छ । 

प्रत्येक वर्ष आजको दिन स्थानीय चोभारडाँडाबाट करिब तीन किलोमिटरको दूरीमा पर्ने नख्खु दोभानसम्म मूर्तिलाई खटमा बोकेर लैजाने चलन छ । 

प्राचीन समयमा मूर्ति सोही दोभानमा फेला परेपछि चोभारका स्थानीयवासीले मन्दिर बनाई डाँडामाथि लगेर आजकै दिन प्रतिस्थापन गरेको जनविश्वासमा जात्रा निकाल्ने परम्परा बसेको पुजारी सरोज शाक्यले जानकारी दिनुभयो । बुधबार महास्नान गराइएका आदिनाथको मूर्तिलाई चैतेदसैँका दिन दोभानमा बजागाजासहित लगेर पूजा गर्ने परम्पराअनुसार त्यहाँ आज विशेष पूजा भएको छ । 

काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट जात्रामा सहभागी हुन भक्तजनको घुइँचो लागेको छ । वर्षमा एकपटक मात्र गरिने सो खटजात्रामा विभिन्न धर्मावलम्बीका स्वदेशी तथा विदेशी पर्यटकसमेत रमाइलो हेर्न त्यहाँ पुग्ने गर्छन् । आदिनाथ मन्दिरलाई हिन्दू धर्मावलम्बीले शिव शक्तिका रूपमा र बौद्ध धर्मावलम्बीले लोकेश्वरका रूपमा आस्था प्रकट गर्ने गर्छन् । 

करुणाका प्रतीकका रुपमा समेत मानिने आदिनाथको सो जात्रामा सहभागी भएमा रोगव्याधीबाट मुक्ति हुने र सकारात्मक ऊर्जा प्राप्त भई असल कार्यका लागि प्रेरणा मिल्ने बताइएको छ । साँझ स्थानीयवासीको घर आँगनमा मूर्तिलाई पु¥याएर दर्शन गराइने र मन्दिरमा प्रसाद वितरण गरिने कार्यक्रम छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ