२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाको मतदाता सङ्ख्यामा पुरुषभन्दा महिला बढी

२०७३, २२ चैत्र मंगलवार ०७:२३

चैत २२, दोलखा । दोलखाको मतदाता सङ्ख्यामा पुरुषभन्दा दुई हजार ३०० महिला बढी रहकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

आगामी वैशाख ३१ मा हुने स्थानीय निकायको निर्वाचन प्रयोजनका लागि जिल्लाको कुल मतदाता सङ्ख्या एक लाख ३३ हजार ४८२ जना पुगेका छन् । 

निर्वाचन आयोगले आज सार्वजनिक गरेको दोलखाको सो मतदातामध्ये ६५ हजार ५९८ पुरुष र ६७ हजार ८९३ महिलाले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । 

निर्वाचन आयोगले सार्वजनिक गरेको नेपालको कुल मतदाता सङ्ख्या भने एक करोड ४० लाख ५४ हजार ४८२ पुगेका छन् । नेपालको कुल मतदाता सङ्ख्यामा दोलखाको संख्या शून्य दशमलव ९४ प्रतिशत रहेको छ । 

करिव बीस वर्षपछि नयाँ सङ्घीय संरचनाअनुसार हुन लागेको स्थानीय तहको निर्वाचनमा सदर मतको तथ्याङ्कलाई शतप्रतिशत बनाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले दुईदिने मतदाता शिक्षा कार्यक्रम पनि सुरु गरिसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो