Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मजदुरलाई चुनावभन्दा पनि पेट पाल्नकै चिन्ता

By kit 7 मिनेट पढाइ

चैत २२, इलाम । यतिबेला इलामका राजनीतिक दललाई स्थानीय तहको निर्वाचनले धपक्कै छोएको छ । तर दैनिक बनिबुतो गरिखाने मजदुर वर्ग भने निर्वाचनबाट बेखबर बनेका छन् ।

गाउँका सामान्य कार्यकर्तादेखि सांसदसम्म चुनावी बहसमा होमिएका छन् । तर पिठ्यूमा भारी बोकेर हिँड्ने, चिया बगानमा काम गर्ने तथा दैनिक मजदुरी गरेर जीविका चलाउनेलाई निर्वाचनले छुनै सकेको छैन । चुनावभन्दा बढी उनीहरूलाई परिवार, छोराछोरीको भोको पेट भर्ने चिन्ता छ ।

इलाम बजारमा वर्षौंदेखि भरिया काम गर्दै आएका खड्ग गुरुङले चुनावको बारेमा अलि–अलि थाहा पाए पनि निर्वाचन कसका र के लागि चुनाव हुँदैछ भन्ने थाहा नभएको बताए ।

“जतासुकै चुनाव–चुनाव भन्दै मान्छेहरू लडौँला जस्तो गरी बोलिरहेको सुन्छु, तर आफ्नो त परिवार पाल्न नै चिन्ता छ” – उनले भने “चुनावले पेट भरिँदैन ।”

खडग गुरुङ जस्तै आइतबहादुर तामाङ पनि इलाम बजारमै मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका छन् ।

रातदिन मेहनत गर्दासमेत आफ्नो र परिवारको पेट पाल्न मुस्किल हुने गरेको उनी बताउँछन् । स्थानीय चुनावको बारेमा जान्न खोज्दा उनले “आफूलाई त आफ्नो र परिवारको पेट भराउन पाए हुन्छ, चुनावको बारेमा केही थाहा छैन” भन्ने जवाफ दिनुभयो ।

आइतबहादुर तामाङ भने – “चुनावका कुरा सुन्न बुझ्न लाग्दा दिनको रोजै हराउँछ, जतिसुकै जसले जे गरे पनि हामी गरिब, मजदुरले दुःख नगरी खान पुग्दैन ।”

यस्तै माइखोलामा गिटी कुट्दै गरेकी रामकुमारी राईलाई चुनावबारे सोध्दा झर्केर प्रतिक्रिया दिनुभयो । “दुईपटक भोट हाले पनि हामीलाई फर्केर पनि कसैले हेरेनन्, चुनाव हामीजस्ता गरिबका लागि कहिल्यै भएन ।”

अरूलाई नेता बनाउन भोट हाल्न जानुभन्दा बरु दिनभरि गिट्टी कुट्दा राम्रो रोज बस्ने राईको भनाइ छ । रातदिन मजदुरी गरेर परिवार पाल्ने गुरुङ, तामाङ र राई नमुना पात्र मात्रै हुन् । अधिकांश मजदुरलाई परिवार पाल्ने चिन्ता छ ।

अभाव र गरिबीले गाँजेका उनीहरूका परिवारमा भने चुनावी रौनक पुग्न सकेको छैन । दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन लागे पनि सङ्क्रमणकालले जनतालाई निराश बनाएको कानुन व्यवसायी उत्तम पौडेल बताउँछन् ।

चुनावमा मजदुरभन्दा पनि टाठाबाठा र जान्नेसुन्नेकै प्रभाव बढिरहने दावी उनीहरूको छ । मझौला उद्योग, भवन निर्माण, भौतिक संरचना, सडक निर्माणजस्ता काममा लागेका सयौँ मजदुर इलाममा छन् । यी मजदुरहरू अधिकांशले कस्तो निर्वाचन हो, त्यसले ल्याउने परिवर्तन के हो भन्नेबारे अझै बुझ्न सकेका छैनन् ।

मजदुर वर्गलाई अझै प्रभाव गर्न नसकेको स्थानीय निर्वाचन मिति घोषणाले भने नेता कार्यकर्ताका लागि ‘चाडपर्व’ जस्तो भइसकेको छ । अहिल्यै चुनावमा हुने तडकभडक, आरोप प्रत्यारोप, सन्तुष्टि असन्तुष्टि पोख्ने कार्यकर्ताको चहलपहल बढ्न थालेका छन् ।

निर्वाचन मिति घोषणासँगै जिल्लास्थित सबै पार्टीले घरदैलो अभियान, आमसभा, कार्यकर्ता भेला, प्रशिक्षणजस्ता रणनीतिलाई तीव्र पार्दै लगेका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी आकाङ्क्षा राख्ने कार्यकर्ताको चहलपहलले सदरमुकाम इलाम बजारसहित ग्रामीण भेगका बजारमा रौनक छाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले पनि यहाँका १० वटा स्थानीय निकायमा निर्वाचन तयारी व्यापक बनाएको छ । मतदाता शिक्षा, कर्मचारी व्यवस्थापनलगायतका काम तीव्र रूपमा भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेम काफ्ले बताउनुहुन्छ । रासस