चैत २२, दामस्कस । उत्तरपश्चिमी सिरियामा भएको विषालु ग्यास आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३५ पुगेको छ । 

सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २२, दामस्कस । उत्तरपश्चिमी सिरियामा भएको विषालु ग्यास आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३५ पुगेको छ । 

सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ल"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विषालु ग्यास आक्रमणमा मृत्यु हुनेको सख्या ३५ पुग्यो

२२ चैत्र २०७३, मंगलवार १३:०२

चैत २२, दामस्कस । उत्तरपश्चिमी सिरियामा भएको विषालु ग्यास आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३५ पुगेको छ । 

सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले मृतकमध्ये अधिकांश आम नागरिक रहेको जनाएको छ । मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी मृत्यु भएका नौ जना बालबालिका समेत रहेका छन् । 

इडलिब प्रदेशको खान सेइखुनमा उनीहरुमाथि हवाई जहाजबाट विषालु ग्यास प्राहार भएको हो । ग्यास आक्रमणमा परी अन्य धेरैजनालाई स्वासप्रश्वासमा समस्या भएको जनाइएको छ । 

आक्रमणबाट पीडितले बान्ता गर्ने र मुखमा फिँज आउने समस्या देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

इडलिब प्रदेश अलकायदाका पूर्वलडाकुहरु संलग्न रहेको फेतह अल साम फ्रन्टको नियन्त्रणमा रहेको छ । त्यसैले सो क्षेत्रमा ती लडाकुलाई लक्षित गरी निरन्तर हवाई आक्रमण हुने गरेका छन् । 

यसैबीच, सिरियाको प्रतिपक्षी पार्टीले ग्यास आक्रमण गर्ने कार्य अमानविय र मानवअधिकार विपरित भएको भन्दै घटनाको छानविन गर्न माग गरेको छ । प्रतिपक्षी नेश्नल कोलिसनले सुरक्षा परिषद्को आपतकालिन बैठक तत्काल बोलाएर खुल्ला र निश्पक्ष छानविन गर्न लगाउन संयुक्त राष्ट्रसङ्घसँग माग गरेको हो । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ