2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा निर्वाचन अधिकृत तोकिए

चैत २३, दमक | आसन्न स्थानीय तहको निर्वाचनका लागि झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिएका छन् । 

निर्वाचन आयोगले देशैभरि निर्वाचन अधिकृत परिचालन गरेसँगै झापाका आठ नगरपालिका र सात गााउँपालिकामा निर्वाचन अधिकृतको नाम तय गरेको हो । 

आयोगका अनुसार दमक नगरपालिकामा शान्ति मन्त्रालयका उपसचिव वेदराज फँुयाल, भद्रपुर नगरपालिकामा जिल्ला न्यायाधीश झापाका सुदर्शनप्रसाद पाण्डे, मेची नगरपालिकामा सर्वोच्च अदालतकी उपरजिष्ट्रार इन्दिरा शर्मा, गौरादह नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत सकुन्तला कार्की, शिवसतासी नगरपालिकामा पङ्कज भुर्तेललाई जिम्मेवारी दिइएको छ । 

यसैगरी, बिर्तामोड नगरपालिकामा इलाका प्रशासन कार्यालय दमकका उपसचिव भोजराज श्रेष्ठ, कन्काइ नगरपालिकामा उपसचिव रोशनकुमार भट्टराई, अर्जुनधारा नपामा राधाकृष्ण खतिवडा खटिएका छन् । 

यसैगरी, कमल गाउँपालिकामा प्रेमप्रसाद लुइँटेल, गौरीगञ्ज गाउँपालिकामा भीमप्रसाद तिवारी, बाह्रदशी गाउँपालिकामा बाबुराम राई, झापा गाउँपालिकामा रोशनशङ्कर घिमिरे, बुद्धशान्ति गाउँपालिकामा इन्द्रकमल प्रधान, हल्दिवारी गाउँपालिकामा पदमबहादुर कार्की र कचनकवल गाउँपालिकामा देवीबहादुर भण्डारीलाई जिम्मेवारी दिइएको आयोगले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई