युवराज पाण्डे/चैत २३, इलाम । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ ? तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’( फिँज काडेर) मस्त हुन्छन् । सफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

युवराज पाण्डे/चैत २३, इलाम । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ ? तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’( फिँज काडेर) मस्त हुन्छन् । सफ"/>

2026-09-10 05:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा गाईले पनि रेडियो सुन्छन्


युवराज पाण्डे/चैत २३, इलाम । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ ? तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’( फिँज काडेर) मस्त हुन्छन् । सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् ।

गाईलाई तनावमुक्त वातावरण तयार गर्न इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा रहेका उन्नत जातका गाईले विभिन्न एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन् ।

त्रिबदर्श गाई फार्मका सञ्चालक कुमार रेग्मीले गाईलाई कुनै पनि प्रकारको ध्वनिले तनाव नदिनका लागि विभिन्न एफएम रेडियो सुनाएको र त्यसले दूधको उत्पादन नघटेको बताए।

उनले त्यहाँस्थित चियाबारी एफएम, इलाम एफएम, पाथीभरा एफएममा आउने बिहानका भजन र दिउँसो आउने विभिन्न गीत सुनाएर दूध उत्पादनमा कमी आउन नदिन गाईलाई रेडियो सुनाएको जानकारी दिए।

गाईवस्तु तनावमुक्त भएपछि दूध उत्पादन घट्दैन उनले भने । सफा, चटक्क परेको गाईगोठमा अनेकौँ कृषक उहाँले सञ्चालन गरेको फार्मबाट मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि, तरिका सिकेर फर्किन्छन् ।

व्यावसायिकरुपमा अधिकतम ४० वटा होल्स्टेन नामक उन्नत जातका गाईपालन गरेर दैनिक रु १० हजार ५०० सम्म आम्दानी लिनुभएका रेग्मीले अहिले दैनिक १५० लिटर दूध उत्पादन भइरहेको बताए।

उनले भने – व्यावसायिक गाईफार्ममा दूधबाट मात्रै आम्दानी लिदैनाँ, गाईको मल र मूत्रबाट पनि आम्दानी लिइरहेका छौँ । युवा धेरै विदेशिएको अवस्थाले आफ्नै देशमा काम गर्नुपर्छ भन्ने सोचका साथ आफ्ना तीन भाइको सल्लाहमा व्यावसायिक गाई फार्म सञ्चालन भएको जानकारी दिँदै रेग्मीले तत्काल नाफाभन्दा पनि पाँच वर्षको लक्ष्य लिएर फार्म सञ्चालन गरेको बताए।

उनले परम्परागतरुपमा गरिने गाईपालनबाट लक्ष्य हासिल गर्न कठिनाइ हुने तर्क गर्दै आधुनिक र समयसापेक्ष रुपमा गाईपालन गर्दा कति दाना गाईलाई खुवाउँदा लागत घट्छ त्यसको हेक्का राख्नुपर्ने बताए।

गाउँघरका धेरै साथी विदेश गए, मलाई पनि जाउँ जाउँ लागेको थियो, तर उनीहरु फर्केपछि पुरानै अवस्थामा आए । त्यही भएर दिगो लाभ लिन मैले गाईफार्म सञ्चालन गर्ने सोच बनाएँ, गाई फार्म सञ्चालनको कारण बताउँदै रेग्मीले सुनाए।

विसं २०७० देखि तीन दाजुभाइ, कुमार, यमकुमार र अरुण रेग्मीले सञ्चालन गरेको गाई फार्ममा सुरुको चरणमा रु १० लाखको लगानी भएको थियो तर पछि फार्ममा जम्मा रु ५० लाखको लगानी भएको थियो ।

गोठ सुधारलगायतका विभिन्न कार्यक्रमबाट पटकपटक अनुदान लिएका रेग्मीले नयाँ प्रविधिमार्फत गाई दुहुन्छन्। ‘मिल्किङ मेसिन’ नामक उपकरण गाईको थुनमा जडान गरेर छदेखि १५ मिनेटमा दुई वटा गाई दुहुन सकिने जानकारी दिँदै उनले बढीमा २६ लिटरसम्म दूध दुहुन सकिने बताए।

व्यवसायिक फार्मका लागि ११० रोपनी जग्गा लिजमा लिएर अम्रिसो र नेपियर घाँस उत्पादन गरेर १० केजी सुक्खा घाँसमा दुई केजी हरियो घाँस मिलाएर पशु आहारा पूरा गरेको उल्लेख गरे।

भारतको पटनाबाट झन्डै तीन लाखको लागतमा सो उन्नत जातको गाई भित्र्याएर फार्म सुरु गरेका रेग्मीले ७५ प्रतिशत बिमा गरेका छन्।

जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख डा नारायण श्रेष्ठले पशुको मनमा भएको त्रास हटाउन संगीत प्रयोगमा आएको जानकारी दिँदै त्यसबाट उत्पादनमा वृद्धि हुने र पशु स्वास्थ्य पनि राम्रो हुने बताए। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा