निर्वाचन आयोगले ७५ जिल्लाकै जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । एकभन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... निर्वाचन आयोगले ७५ जिल्लाकै जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । एकभन"/>
2026-09-19 09:55 PM
पर्बत - PBT

धौलागिरीमा निर्वाचन अधिकृत तोकियो को कहाँ ?

निर्वाचन आयोगले ७५ जिल्लाकै जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । एकभन्दा बढी जिल्ला न्यायाधीश रहेको हकमा सबैभन्दा वरिष्ठ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो । यसैसँगै स्थानीय तहको संख्या र सोही अनुसार रहेका मतदान केन्द्रहरुलाई लक्षित गरी सोही अनुसार निर्वाचन अधिकृत चयन गरेको छ । 

न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय, कानुन र  सरकारी वकिल र प्रशासन समूहका ६६९ अधिकृतहरुलाई आयोगले जिम्मेवारी तोकेको हो । आयोगको सोमबार बसेको बैठकले निर्वाचन अधिकृत नियुक्त गरेको हो ।


धौलागिरीका चार जिल्ला मध्ये पर्वतमा जिल्ला न्यायधिस महोनराज        भट्टराईलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनले कुश्मा नगरपालिकाको समेत निर्वाचन अधिकृतको काम गर्ने भएका छन् । फलेवास नगरपालिकामा सोहि नगरपालिकाका कार्यकारी अधिकृत मोतीप्रसाद सापकोटालाई खटाइएको छ । उता, मोदी गाउँपालिकामा भने कास्की जिल्ला अदालतका श्रेस्तदार कृष्णप्रसाद शर्मा नेपाललाई तोकिएको छ ।


त्यस्तै जलजला गाउँपालिकामा सर्वच्च अदालतका उप रजिष्ट्रार  विद्याराज पौडेललाई तोकिएको छ । विहादी गाउँपालिकामा कुश्मा नगरपालिकाका हिरामणी सुवेदी र महाशिला गाउँपालिकामा क्षेत्रीय प्रशासन कार्यालयका उप क्षेत्रीय प्रशासक कृष्णप्रसाद रेग्मीलाई तोकिएको छ । सर्वच्च अदालका इजलास अधिकृत यज्ञप्रसाद आचार्यलाई पैयू गाउँपालिकामा निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगले जनाएको छ ।


त्यस्तै बाग्लुङमा  स्थानिय तह अन्तर्गतको गाउपालिका र नगरपलिकाको निर्वाचनको लागि स्थानीय तह ऐन,२०७३ को दफा ७ बमोजिम चैत्र २५ गते देखि लागुहुने गरि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीशहरु रहेका छन् ।

बागलुङ नगरपालिकामा हिमलाल बेल्वासे, जैमुनी नगरपालिकामा बिष्णुप्रसाद सुबेदी, ढोरपाटन नगरपालिकामा केदारनाथ पौडेल, गल्कोट नगरापलिकामा धर्मराज पौडेल तथा ताराखोला गाउपालिकामा देवीप्रसाद सुबेदी, काठेखोला गाउपालिकामा ध्रुव गिरी, बरेङ गाउपालिकामा राजेन्द्र प्रसाद घिमिरे, बडीगाड गाउपालिकामा  रामचन्द्र शर्मा, निसीखोला गाउपालिकामा बिष्णुभक्त रंजित र तमानखोला गाउपालिकामा सुवासकुमार लामिछाने निर्वाचन अधिकृत खटिएका छन् ।


त्यस्तै म्याग्दीको बेनी नगरापालिकामा रामप्रसाद शर्मा तथा मंगला गाउपालिकामा मुरारी वस्ती, मालिका गाउपालिकामा जगन्नाथ पौडेल, धवलागिरी गाउपालिकामा गणेशबहादुर अधिकारी, रघुगंगा गाउपालिकामा बिश्वामित्र कुइकेल र अन्नपुर्ण गाउपालिकामा बिदुर काफले निवार्चन अधिकृत तोकिएका छन् ।


यता मुस्ताङ जिल्लाको घरपझोङ गाउपालिकामा बलराम त्रिपाठी, बाहगाउ मुक्तिक्षेत्र गाउपालिकामा उमेश शर्मा, थासाङ गाउपालिकामा रामचन्द्र खडका, लोमान्थाङ गाउपालिकामा चिरन्जीवी पौडेल र दालोमे गाउपालिकामा थमनसिहं थापा निर्वाचन अधिकृत तोकिएका छन् ।


वैशाख ३१ गते हुन लागेको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतले वैशाख ३ गतेसम्म र निर्वाचन अधिकृतहरुले वैशाख १२ गतेसम्म आफ्नो कार्यालय स्थापना गर्नुपर्नेछ ।


अदालतमा मुद्दा परेपछि निर्वाचन अधिकृत छनोटमा केही दिन ढिला भएको थियो । आयोगले कानुन समूहबाहेक प्रशासनबाट निर्वाचन अधिकृत माग्ने पत्राचार गरेपछि कानुन र सरकारी वकिल समूहका कर्मचारी अदालत पुगेका थिए । 


उच्च अदालत पाटनले चैत १० गते स्थानीय तह निर्वाचन ऐनको दफा ७ अनुसार आयोगले काम अघि बढाउने विश्वासमा प्रक्रिया नरोक्ने आदेश गरेको     थियो । उच्च अदालतको आदेशपछि आयोगले पुनः कानुन समूहबाट निर्वाचन अधिकृत माग गरेको थियो। सोही निर्णय बमोजिम आयोगले निर्वाचन अधिकृत तोकेको हो। कानुन समूहबाट अपुग भएको स्थानमा प्रशासन समूहबाट पनि निर्वाचन अधिकृतमा नियुक्त        गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो