पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरपालिका १० को वडा अध्यक्षमा राजु प्रसाद खनाल सर्वसहमत चयन भएका छन् । उनको नेतृत्वमा २१ सदस्यीय वडा स्तरीय कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा हरिबहादुर नेपाली सचिवमा कमल लामिछाने, कोषाध्यक्षमा भिमदेवी सुवेदी रहेका छन् ।

त्यसैगरी कमिटिको सदस्यमा ऋषिराम पौडेल, बालराम पौडेल, पारस पौडेल, गोविन्द सुवेदी, विष्णु प्रसाद अधिकारी, दिपक खनाल, चिरञ्जीवी खनाल, हरिकला अधिकारी, बेलप्रसाद अधिकारी रहेका छन् । अन्य सदस्य मनोनित गर्ने पार्टीले जनाएको छ । सोही भेलाले ५१ सदस्यीय वाइसिएल कमिटि गठन गरेको छ । जसको अध्यक्षमा गोकुल सुवेदी, उपाध्यक्षमा आनन्द अधिकारी, पारस पौडेल, सचिवमा शिव सुवेदी, कोषाध्यक्षमा अर्जुन क्षेत्री, सहसचिवमा विवेक लामिछाने रहेका छन् ।

सदस्यहरुमा सन्देश सुवेदी, गगन अधिकारी, राजन सुवेदी, राजु पौडेल, श्याम अधिकारी, राजेन्द्र अधिकारी, प्रशान्त सुवेदी,सुवास अधिकारी, लक्ष्मण गौतम, सागर अधिकारी, विष्णु गौतम, नारायाण अधिकारी लगायत रहेका छन् ।

स्थानीय तहको चुनावलाई लक्षित गरी कुनापा १० मा १५१ सदस्यीय प्रचारप्रसार समिति समेत गठन गरिएको छ । जसको संयोजकका रुपमा देवीप्रसाद अधिकारी रहेका छन् । भेलाले वडा १० इन्चार्जमा देवी अधिकारीलाई चयन गरेको छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतमको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्दै गौतमले स्थानीय चुनावमा माओवादीलाई पहिलो पार्टी बनाउनको लागि सवै लागी पर्नेमा जोड दिए । उनले जसको एजेण्डा उसको जित निश्चित हुनुपर्ने नत्र देश गम्भीर चुनौतीको खाडलमा पर्ने समेत बताए ।

नेकपा माओवादी केन्द्रले देशलाई आर्थिक विकासमा लैजानको लागि र समृद्ध नेपाल निर्माणको लागि कदम चालेको बताए । उनले माओवादीले जनयुद्ध शुरु गर्ने बेलामा केन्द्रिय शासन व्यवस्थालाई खारेज गरी जनस्तरबाट जनताबाटै न्यायिक प्रशासन खडा गरी सोहि अनुसार काम गर्नुपर्ने माग राख्दै युद्धमा होमिएको र अहिले संघीयताको खाकाको माध्यामबाट देशमा जनसरकार स्थापित भएको बताए ।

माओवादीले शुरु गरेको क्रान्ति र सोही अनुसार देशमा भएको १६ बुदेँ विस्तृत शान्ति सम्झौता र परिर्वतन स्वरुप प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने जिम्मा माओवादी केन्द्रको हातमा परेको र सोही अनुसार अब समय अबधिभित्रै तीन तहको चुनाव सम्पन्न गराउनको लागि सवै लाग्नुपर्नेमा जोड दिए । उनले माओवादीले योगदान र हजारौ शहिदको सम्मानका खातिर पनि माओवादीलाई विजय गराई संघीय गणराज्यको संस्थागत गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रका केन्द्रिय सदस्य मनरुपा शर्मा, रामप्रसाद शर्मा, शंकर गिरी, जिल्ला पाटसर्् सल्लाहकार रघुनाथ अधिकारी लगायतले आआफ्नो धारणा राखेका थिए ।

स्थानीय तहको चुनावलाई लक्षित गरी माओवादी केन्द्रले गाउँ जागरण अभियान चलाइरहेको छ भने दुइ नगरपालिका र ५ गाउँपािलकामा इन्चार्ज समेत तोकेर जिम्मेवारी बाँडफाँड गरेको छ । केन्द्रले हरेक वडामा १५१ सदस्यी प्रचारप्रसार कमिटि समेत गठन गरेको जनाएको छ ।

चुनावलाई लक्षित गरी पुर्नसंरचना अनुसार नयाँ कमिटि गठन गर्ने अभियानमा लागेको माओवादीले स्थानीय तहमा ककसलाई टिकट दिने भन्ने बारेमा छलफल चलाएको जनाएको छ तर अझै पनि टुंगो भने लागि सकेको अबस्था छैन ।

You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML