चैत २४, काठमाडौं । महानगरभित्र रहेका सम्पूर्ण घरको जानकारी लिनका लागि काठमाडौं महानगरपालिकाले एक हजार युवा परिचालन गर्ने तयारी गरेको छ । 

महानगरभित्र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २४, काठमाडौं । महानगरभित्र रहेका सम्पूर्ण घरको जानकारी लिनका लागि काठमाडौं महानगरपालिकाले एक हजार युवा परिचालन गर्ने तयारी गरेको छ । 

महानगरभित्र "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंका घरबारे जानकारी लिन एक हजार युवा खटाइने

२४ चैत्र २०७३, बिहीबार ०९:४२

चैत २४, काठमाडौं । महानगरभित्र रहेका सम्पूर्ण घरको जानकारी लिनका लागि काठमाडौं महानगरपालिकाले एक हजार युवा परिचालन गर्ने तयारी गरेको छ । 

महानगरभित्र रहेको सबै घरको घर नक्साअनुरुप निर्माण भएको छ वा छैन, भाडामा दिएको छ वा छैन, कुन घरमा कतिजना बसोबास गर्छन्, नियमित कर तिरेका छन् वा छैनन् जस्ता सम्पूर्ण जानकारी लिनका लागि युथ सिटीको अभियान ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । 

महानगरभित्रका करदातालाई करको दायरामा ल्याउन पनि यस अभियानले ठूलो सहयोग पुग्ने कामपाको विश्वास रहेको छ । यस कार्यमा व्यवस्थापन विषय लिई स्नातकोत्तर तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई परिचालन गरिनेछ । 

राजस्व अनुसन्धान तथा करका दायरामा नभएका करदाताको तथ्याङ्क सङ्कलनबाट काम सुरु गर्न विद्यार्थीको उपलब्धताका विषयमा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले क्याम्पस प्रमुखसँग छलफल अघि बढाइसक्नुभएको छ । 

प्रमुख पौडेलका अनुसार विद्यार्थीलाई औपचारिक शिक्षासँगै व्यावहारिक एवम् प्रयोगात्मक प्रमाणपत्र पनि प्रदान गर्न सकिने यस परियोजनामा एक वर्षमा कम्तीमा एक हजार विद्यार्थी सामेल गराइनेछ । यसभित्र जुनसुकै क्षेत्रका पनि करदाता पर्न सक्छन् । 

महानगर क्षेत्रभित्र भएका स्नातकोत्तर तहमा व्यवस्थापन विषय अध्यापन हुने सरकारी क्याम्पसमा शङ्करदेव क्याम्पस, नेपाल कमर्स क्याम्पस, पशुपति क्याम्पस, पद्मकन्या क्याम्पस, पब्लिक युथ क्याम्पसका विद्यार्थीलाई यस कार्यक्रममा सुरु गराइने छ । 

अहिलेसम्म शङ्करदेव क्याम्पसका, नेपाल कमर्स क्याम्पसका र पद्मकन्या क्याम्पसका प्रमुखसँग यस विषयमा छलफल भइसकेको काफ्लेले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ