चैत २४, विराटनगर । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा आर्थिक समृद्धि ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । 

मोरङ व्यापार सङ्घको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २४, विराटनगर । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा आर्थिक समृद्धि ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । 

मोरङ व्यापार सङ्घको"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ नीतिका साथ निजी क्षेत्रलाई प्रोत्साहन गरिन्छ: अर्थमन्त्री

२४ चैत्र २०७३, बिहीबार ०९:४९

चैत २४, विराटनगर । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा आर्थिक समृद्धि ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । 

मोरङ व्यापार सङ्घको ६२औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले अर्थतन्त्रमा सुधार ल्याउनका लागि पुरानो मानसिकतालाई भत्काउनुपर्ने आवश्यकता औँल्याए। 

राज्यप्रति उत्तरदायी भएर राष्ट्रिय अर्थतन्त्रको विकासका लागि नयाँ नीतिका साथ निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उनले भने – “आफू कम्युनिस्ट भए पनि समाजवादको आधार तयार गर्नका लागि नयाँ ढङ्गले दुई दशकसम्म निजी क्षेत्रलाई प्रोत्साहित गरेपछि मात्र अर्थतन्त्र सवल हुन्छ ।”

मुलुक नयाँ बजेटको तयारीमा जुटेको प्रसङ्ग उल्लेख गर्दै अर्थमन्त्री महराले भने – “आगामी बजेटमा भन्सार, अन्तःशुल्कका साथै विभिन्न विषयमा परम्पराभन्दा भिन्न किसिम हुनेछ ।”

विगत वर्षको तुलनामा यस वर्ष पुँजीगत खर्च बढेको जानकारी गराउँदै उनले चैत मसान्तसम्म खर्च नगरे बजेट जफत हुने स्पष्ट पारे। 

प्रदेश नं १ लाई नमुना प्रदेशका रुपमा विकसित गर्नुपर्ने विषयमा जोड दिँदै उनले विराटनगरलाई महानगरपालिका बनाउने विषयका साथै विराटनगरको चक्रपथ निर्माण, विमानस्थलको स्तरोन्नतिलगायतका विषयमा छलफल भइरहेको बताए। 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले अनिश्चितताको वातावरणका कारण उद्योग सञ्चालनमा समस्या भइरहेको प्रसङ्ग उल्लेख गर्दै एउटा अधिकृतस्तरका कर्मचारीले जतिखेर पनि करोडौँ लगानीको उद्योगलाई बन्द गराउन सक्ने त्रासबाट मुक्ति दिलाउनुपर्ने आवश्यकता औँल्याए। 

सो अवसरमा उपप्रधानमन्त्री महराले मोरङ व्यापार सङ्घको २१ हजार राशिको पुरस्कार तथा सम्मानपत्र वरिष्ठ पत्रकार अन्नतराज न्यौपानेलाई र समाजसेवी बेनीगोपाल मुन्धडालाई सम्मानपत्र प्रदान गरे। 

मोरङ व्यापार सङ्घका अध्यक्ष एवम् सांसद पवन शारडाले प्रदेश नं १ को अर्थतन्त्रलाई गतिशील पार्नका लागि उर्वर भूमिको प्लटिङ रोक्नुपर्ने, चुरे र महाभारतको दोहन रोक्नुपर्ने, जोगवनी–किमाथान्का सडक निर्माण, विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेटमा व्यवस्था हुनुपर्ने माग गरे। 

उक्त कार्यक्रममा सांसद अमन मोदी, उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्याय, सुरेश शर्मा, उद्योगपति चण्डीराज ढकालले आगामी बजेटमा उद्योग क्षेत्रको विकासका लागि आवश्यक विषयमा आ–आफ्ना सुझाव राखेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो