चैत २४, काठमाडौँ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को चालु अधिवेशनलाई चाँडै टुङ्ग्याउने बताएकी छन् ।

बङ्गलादेशको ढाकामा सम्पन्न अन्तर व्यवस्थापिका स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २४, काठमाडौँ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को चालु अधिवेशनलाई चाँडै टुङ्ग्याउने बताएकी छन् ।

बङ्गलादेशको ढाकामा सम्पन्न अन्तर व्यवस्थापिका स"/>

2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदको चालु अधिवेशन चाँडै टुङ्गिन्छ: सभामुख

April 6, 2017

चैत २४, काठमाडौँ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को चालु अधिवेशनलाई चाँडै टुङ्ग्याउने बताएकी छन् ।

बङ्गलादेशको ढाकामा सम्पन्न अन्तर व्यवस्थापिका संघको १३६ औँ सम्मेलनमा भाग लिई फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक सहमतिका लागि मात्र सदनले कुरेको बताएकी हुन् ।

स्थानीय निर्वाचनका लागि राजनीतिक दलबीच सहमति गरेर अगाडि बढ्नुपर्ने आवश्यता भएको र संविधान संशोधनको महत्वपूर्ण मुद्दा सदनमै रहेकाले पनि चालु अधिवेशन जारी राख्नुपरेको उनको भनाइ छ ।

आफूले सबै राजनीतिक दलबीच सहमति होस् भन्ने चाहेको उल्लेख गर्दै सभामुख घर्तीले मधेस केन्द्रित राजनीतिक दलले उठाएका विषयलाई सम्बोधन गर्न सबै दलबीच सहमति हुने विश्वास व्यक्त गरिन ।

राजनीतिक दलबीच हुने वार्ता र छलफलले नै सहमतिको वातावरण बनाउने उल्लेख गर्दै उनले भनिन,’राजनीतिक दलले सहमति गरेर अगाडि बढ्नुपर्छ तर त्यसको विकल्प खोज्नु हुँदैन ।’

यही फागनु १९ देखि २३ गतेसम्म ढाकामा अन्तर व्यवस्थापिका सङ्घको सम्मेलन भएको थियो । सभामुख घर्तीले नेपालको सहभागिता उल्लेखनीय भएको जानकारी दिइन । सम्मेलनमा १२२ देशको सहभागिता थियो ।

बङ्गलादेश भ्रमणका क्रममा सभामुख नेतृत्व सभासद्को टोलीले चटगाउँ बन्दरगाहमा अवलोकनसमेत गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत