निरोज कुमार थापा । चैत्र २४, रामेछाप । नेकपा एमाले रामेछापले चुनावि अभियानलाई तिब्रता दिएकाे छ । बिहिवार जिल्लाका विभिन्न स्थानमा भेला सम्पन्न गरेको छ ।

 "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... निरोज कुमार थापा । चैत्र २४, रामेछाप । नेकपा एमाले रामेछापले चुनावि अभियानलाई तिब्रता दिएकाे छ । बिहिवार जिल्लाका विभिन्न स्थानमा भेला सम्पन्न गरेको छ ।

 "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले रामेछापका नेता, कार्यकर्ता निरन्तर अन्तरक्रिया र छलफलमा सक्रिय

२४ चैत्र २०७३, बिहीबार १५:३१

निरोज कुमार थापा । चैत्र २४, रामेछाप । नेकपा एमाले रामेछापले चुनावि अभियानलाई तिब्रता दिएकाे छ । बिहिवार जिल्लाका विभिन्न स्थानमा भेला सम्पन्न गरेको छ ।

 मन्थली  नगरपालीकाको वडा नम्बर १३ र १४ को भेला गरेको छ । फुलासिको चिण्डे र पोखरीमा भएको भेलामा दुवै वडाका एमालेका नेता कार्यकर्ता, शुभचिन्तक, पार्टी निकट भातृ संगठनका प्रतिनिधिहरु सहभागि भएका थिए । सो भेलाका सहभागिले आफ्नो गाउँको पार्टीको वर्तमान अबस्थाका बारेमा धारणा राखेका थिए ।

 उनीहरुले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा दुवै वडामा पार्टीलाई विजयी गराउन पार्टी नेतृत्वले ठोस कार्ययोजना बनाउनुपर्ने धारणा समेत राखेका छन । महिला, दलित, बिपन्न समुदायलाई स्थानीय सरकारमा समावेशी प्रतिनिधित्व गराउन माग गरेका छन् । बिकास निर्माण, सडक, शिक्षा, स्वास्थ्य, ग्रामिण कृषि फुलासी गाउँ बिकासको आधार भएको भन्दै उनीहरुले घोषणापत्रमा स्थानीय उम्मेद्वारहरुले आफ्नो क्षेत्र विकासको स्पष्ट योजना अघि सार्नुपर्ने बताएका छन । 

१३ नम्बर वडा कमिटीका संयोजक प्रेम बहादुर खत्री र वडा नम्बर १४ का संयोजक रामबहादर तामाङको अध्यक्षतामा भएको भेलालाई नगर कमिटीका संयोजक कृष्णहरी अधिकारी, एमाले जिल्ला नेता महेन्द्र पुरी, अनेरास्ववियु रामेछापका अध्यक्ष सागरहरी अधिकारी, युवासंघका अध्यक्ष बुद्ध लामा लगायतका नेताहरुले मन्तव्य राखेका थिए । 

यस्तै मन्थली नगरपालीका वडा नम्बर १२ गेलुस्थित सिक्रालमा एमालेले आगामी चुनावलाई लक्षित गरी टोल समिती गठन गरेको छ । स्थानीय गणेश बहादुर बुढाथोकिको अध्यक्षतामा २१ सदस्यिय चुनाव परिचालन टोल समिती गठन गरिएको एमाले नगरकमिटीले जनाएको छ । 

यता मन्थली नगरपालीका वडा नम्बर ९ पुरानागाउँमा पनि एमाले रामेछापका जिल्ला नेताले स्थानीय कार्यकर्तासँग भेट गरेका छन । स्थानीय पार्टी कार्यकर्ताको गुनासो र आगामी दिनमा जिल्ला नेतृत्वले गर्नुपर्ने कामका बारेमा छलफल भएको जिल्ला सचिवालय सदस्य लव श्रेष्ठले जानकारी दिनुभयो । 

बिहाबारै अखिल नेपाल महिला संघ रामेछाप नगरपालीकाको भेला पनि सम्पन्न भएको छ । भेलामा सांसद कमला सुवेदी, अनेमसंघ जिल्ला अध्यक्ष शान्ता पौडेल,एमाले नगर संयोजक युगराज पाख्रिङ, नेतृ सिता केसि लगायतका बक्ताहरुले मन्तव्य राख्नुभएको थियो । उनीहरुले रामेछाप नगरपालीकामा स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन महिलाहरुको भूमिका उल्लेख्य हुनुपर्ने धारणा राखेका छन ।अबको निर्वाचनमा महिला, दलित, जनजाती, अल्पसङ्ख्यक समुदाय राज्यको मुल धारमा आउने उनीहरुको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै