वाशिंगटन डिसी lअमेरिकामा गत बर्ष देखि संचालनमा आएको मेरो डान्स कप युएसए २०१७ नामक प्रतियोगिता यस बर्ष पनि हुने भएको छ l एमडीसी नाम बाट लोकप्रिय भएको उक्त का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वाशिंगटन डिसी lअमेरिकामा गत बर्ष देखि संचालनमा आएको मेरो डान्स कप युएसए २०१७ नामक प्रतियोगिता यस बर्ष पनि हुने भएको छ l एमडीसी नाम बाट लोकप्रिय भएको उक्त का"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमडीसि युएसए २०१७ नृत्य प्रतियोगिताको भब्य तयारी, नायक दिलिप रायमाझी निर्णायक

२६ चैत्र २०७३, शनिबार ०२:५९


वाशिंगटन डिसी lअमेरिकामा गत बर्ष देखि संचालनमा आएको मेरो डान्स कप युएसए २०१७ नामक प्रतियोगिता यस बर्ष पनि हुने भएको छ l एमडीसी नाम बाट लोकप्रिय भएको उक्त कार्यक्रम आगामी अप्रिल २८, २०१७ देखि प्रारम्भ हुने छ l 

गत बर्ष अपार सफलताको साथ सम्पन्न भएको उक्त प्रतियोगिताको शृंखला को अडिसन (प्रस्तुति परीक्षण ) अनलाइन(बिधुतिय )बाट अप्रिल २८ तारिखमा पहिलो शृंखला हुने भएको छ l यसै गरि शृंखला ६ देखि मतदान/प्रत्यक्ष चरण जुलाई ८ तारिख देखि हुने छ l गत अप्रिल २ तारिख देखि आवेदन फाराम भर्ने समय समाप्त भएको छ l 

अप्रिल २८ देखि प्रारम्भ भै अन्तिम समापन (ग्रान्ड फिनाले ) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने भएको जानकारी एमडिसी का कार्यकारी निर्देशक मणि राईले दिएका छन् l 

एमडीसि युएसए कप एजे स्टुडियोको एउटा बार्षिक रुपमा संचालनमा रहेको सामुदायिक कार्यक्रम हो l अमेरिकामा रहेका नेपालीहरुको पहलमा आयोजना हुने मेरो डान्स कप युएसए अमेरिका भरका प्रतिभाशाली नृत्यांगना (डान्सर )हरुले अवसर पाउने एक बृहत नृत्य प्रतियोगिता हो l 


अमेरिका राष्ट्र भर बिभिन्न राज्यमा छरिएर रहेका किशोर /किशोरी ,युवायुवती, नव प्रतिभा तथा कलाकारका आफु भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै मंच उपलब्ध गराउनु समेत संस्थाको मुख्य उदेश्य आयोजकले बताएका छन् l 

अप्रिल २८ मा पहिलो अडिसन ((प्रस्तुति परीक्षण )पछि मे ५ तारिखमा सहभागी मध्ये बाट उत्कृष्ट ४० जना छनौट हुने छन् l जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदान द्वारा छनौट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाचौ स्थान सम्म बिजेताको घोषणा गरिने छ l 

मेरो नृत्य कप युएसए को प्रमुख लक्ष्य विविध समुदायमा रहेको हाम्रो समृद्ध सांस्कृतिक,परम्परागत कला, मनोरंजन, संस्कृति तथा मनोरंजनको क्षेत्रमा रहेका प्रतिभाशाली शीपलाई जगेर्ना तथा संरक्षणको साथै प्रचार प्रसार गर्नु रहेको छ l 

एमडीसी समुहले समर्थक,शुभ चिन्तक,श्रोता ,दर्शक तथा सबैलाई साथ दिन आग्रह गरेको छ l दर्शक तथा श्रोतालाई मतदान गर्न सरल होस् भनि एमडीसी एप (अनुप्रयोग )छिट्टै आउने तयारीमा छ l 

प्रतिस्प्रद्धिका सामग्रीलाई युट्युबमा राखिनु को साथै संचार माध्यम मार्फत प्रचार प्रसार गरिने छ  l एमडीसि युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरुमा नेपाली चलचित्रका नायक दिलिप रायमाझी ,डीबी गुरुङ तथा मंजु भुजेल रहने छन् l गत बर्ष २०१६ मा पुर्नी राई विजेता बनेकी थिइन् l प्रस्तुति: विजय थापा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट