वाशिंगटन डिसी lअमेरिकामा गत बर्ष देखि संचालनमा आएको मेरो डान्स कप युएसए २०१७ नामक प्रतियोगिता यस बर्ष पनि हुने भएको छ l एमडीसी नाम बाट लोकप्रिय भएको उक्त का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वाशिंगटन डिसी lअमेरिकामा गत बर्ष देखि संचालनमा आएको मेरो डान्स कप युएसए २०१७ नामक प्रतियोगिता यस बर्ष पनि हुने भएको छ l एमडीसी नाम बाट लोकप्रिय भएको उक्त का"/>

2026-09-18 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमडीसि युएसए २०१७ नृत्य प्रतियोगिताको भब्य तयारी, नायक दिलिप रायमाझी निर्णायक


वाशिंगटन डिसी lअमेरिकामा गत बर्ष देखि संचालनमा आएको मेरो डान्स कप युएसए २०१७ नामक प्रतियोगिता यस बर्ष पनि हुने भएको छ l एमडीसी नाम बाट लोकप्रिय भएको उक्त कार्यक्रम आगामी अप्रिल २८, २०१७ देखि प्रारम्भ हुने छ l 

गत बर्ष अपार सफलताको साथ सम्पन्न भएको उक्त प्रतियोगिताको शृंखला को अडिसन (प्रस्तुति परीक्षण ) अनलाइन(बिधुतिय )बाट अप्रिल २८ तारिखमा पहिलो शृंखला हुने भएको छ l यसै गरि शृंखला ६ देखि मतदान/प्रत्यक्ष चरण जुलाई ८ तारिख देखि हुने छ l गत अप्रिल २ तारिख देखि आवेदन फाराम भर्ने समय समाप्त भएको छ l 

अप्रिल २८ देखि प्रारम्भ भै अन्तिम समापन (ग्रान्ड फिनाले ) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने भएको जानकारी एमडिसी का कार्यकारी निर्देशक मणि राईले दिएका छन् l 

एमडीसि युएसए कप एजे स्टुडियोको एउटा बार्षिक रुपमा संचालनमा रहेको सामुदायिक कार्यक्रम हो l अमेरिकामा रहेका नेपालीहरुको पहलमा आयोजना हुने मेरो डान्स कप युएसए अमेरिका भरका प्रतिभाशाली नृत्यांगना (डान्सर )हरुले अवसर पाउने एक बृहत नृत्य प्रतियोगिता हो l 

अमेरिका राष्ट्र भर बिभिन्न राज्यमा छरिएर रहेका किशोर /किशोरी ,युवायुवती, नव प्रतिभा तथा कलाकारका आफु भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै मंच उपलब्ध गराउनु समेत संस्थाको मुख्य उदेश्य आयोजकले बताएका छन् l 

अप्रिल २८ मा पहिलो अडिसन ((प्रस्तुति परीक्षण )पछि मे ५ तारिखमा सहभागी मध्ये बाट उत्कृष्ट ४० जना छनौट हुने छन् l जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदान द्वारा छनौट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाचौ स्थान सम्म बिजेताको घोषणा गरिने छ l 

मेरो नृत्य कप युएसए को प्रमुख लक्ष्य विविध समुदायमा रहेको हाम्रो समृद्ध सांस्कृतिक,परम्परागत कला, मनोरंजन, संस्कृति तथा मनोरंजनको क्षेत्रमा रहेका प्रतिभाशाली शीपलाई जगेर्ना तथा संरक्षणको साथै प्रचार प्रसार गर्नु रहेको छ l 

एमडीसी समुहले समर्थक,शुभ चिन्तक,श्रोता ,दर्शक तथा सबैलाई साथ दिन आग्रह गरेको छ l दर्शक तथा श्रोतालाई मतदान गर्न सरल होस् भनि एमडीसी एप (अनुप्रयोग )छिट्टै आउने तयारीमा छ l 

प्रतिस्प्रद्धिका सामग्रीलाई युट्युबमा राखिनु को साथै संचार माध्यम मार्फत प्रचार प्रसार गरिने छ  l एमडीसि युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरुमा नेपाली चलचित्रका नायक दिलिप रायमाझी ,डीबी गुरुङ तथा मंजु भुजेल रहने छन् l गत बर्ष २०१६ मा पुर्नी राई विजेता बनेकी थिइन् l प्रस्तुति: विजय थापा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई