२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदुर र बेलकोटगढी नगरपालिका प्रमुखमा आकांक्षिको लहर यस्तो छ !

२६ चैत्र २०७३, शनिबार ०५:३८

 चैत २६, नुवाकोट । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी पनि धेरै बढेको छ । 

जिल्लामा तीन ठूला दलबाट को को उम्मेदवार होला भनेर चर्चा चल्न थालेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र) वडास्तरीय तथा नगर र गाउँपालिकास्तरीय सङ्गठन विस्तारमा जुट्न थालेका छन् । 

यहाँका दुई नगरपालिकामा प्रमुखमा को को उम्मेदवार होलान् भनेर चर्चा चल्न थालेको छ भने केही सामाजिक सञ्जालमार्फत प्रमुखका लागि आआफ्नो उम्मेदवारीसमेत घोषणा गर्न थालेका छन् । दलले आधिकारिक रुपमा कोही कसैलाई उम्मेदवार भनेर अघि नसारेपछि कार्यकर्ताबीच सम्भावित उम्मेदवारको चर्चा चल्न थालेको हो । 

विदुर नगरपालिकाका लागि नेकपा (एमाले)बाट केही नेता प्रमुखका उम्मेदवार बन्न आकाङ्क्षी देखिएका छन् । एमालेबाट हाल जिल्ला कमिटीका सचिव बुद्धि प्रधान, पूर्वप्रमुख ठाकुरप्रसाद गजुरेल, विदुर नगर एमाले संयोजक शरणउत्सुक सापकोटा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य पार्वती प्याकुरेल, विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर खनाल, सञ्जु पण्डित, रामकृष्ण राजभण्डारीलगायतको नाम बाहिर आएको छ । 

दुई कार्यकाल प्रमुख भइसकेका गजुरेलले पार्टी छाडेर डेढ दशकपछि गत वर्ष मात्र एमलेमा प्रवेश गरेकाले पार्टी पङ्क्तिमा पुरानालाई होइन नयाँलाई उम्मेदवार बनाउनुपर्छ भन्ने कुरा पनि आएको छ । एमाले विदुर नगरकमिटीका संयोजक सापेकाटा प्रमुखका लागि अब नयाँ पुस्तालाई पार्टीले अघि सार्नुपर्ने बताउनुहुन्छ । 

काँग्रेसले पनि विदुर नगरपालिकाको जितलाई प्राथमिकतामा राख्दै धु्रव अधिकारीलाई प्रमुखको उम्मेदवार बनाउने सम्भावना बलियो देखिएको छ । अन्य दाबेदारमा पार्टी जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, नेत्री बिन्दा अर्याल, नेता विष्णु आचार्य, रामप्रसाद जोशी, हरिकृष्ण श्रेष्ठ, हरिलाल श्रेष्ठ, मोहनबहादुर खड्का, फैसिंह तामाङ, शिवप्रसाद गजुरेल, भरत खड्कालगायतको नाम आएको छ । 

नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रमुखका लागि पार्टी अध्यक्ष हिरानाथ खतिवडाले समेत रुचि देखाउनुभएको छ । खतिवडाबाहेक लीलानाथ न्यौपाने, राजेन्द्र महर्जन, नारायणबहादुर पाण्डे, सन्तोष रिजाल, सुभद्रा नेपाल, मधु दवाडीको नाम पनि चर्चामा छ । 

संसद्को चौथो ठूलो दल राप्रपाले कमानसिंह लामा, पूर्णलाल श्रेष्ठ, विष्णुप्रसाद सापकोटा, रामकृष्ण भट्टलगायतमध्येबाट उम्मेदवार बनाउने सम्भावना छ । नयाँ शक्ति नेपालले भने नवराज ढुङ्गाना, चेतनाथ अधिकारी, भीमलाल तामाङ, शर्मिला थापामगरलगायतमध्येबाट उठाउने बताइएको छ । 

नयाँ नगरपालिका बेलकोटगढीको प्रमुखका लागि पनि थुपै्र आकाङ्क्षी देखिएका छन् । राजनीतिमा धेरै भोटो फटाएकादेखि नयाँ पुस्तासम्मको नाम बाहिर आएको छ । सााबिकका बेलकोट, कुमरी, दुईपिपल, रातमाटे, जिलिङ र मदानपुर गाविसलाई मिलाएर बनाइएको बेलकोटगढीमा एमालेबाट प्रमुखको बलियो दाबेदार वासुदेव कडुवाल देखिनुभएको छ । साबिकको बेलकोट गाविसका पूर्वअध्यक्ष कडुवाल एमालेको अघिल्लो जिल्ला समितिको सचिव हुनुहुन्थ्यो । कडुवालले नपाएमा विष्णु लोहनीले टिकट पाउने सम्भावना बलियो रहेको एमालेवृत्तमा चर्चा छ । 

यस्तै बेलकोटगढीका लागि राजेन्द्ररमण खनाल, ठाकुर पुडासैनी, माधवप्रसाद गजुरेल, यमप्रसाद खतिवडा, नवराज तिवारीलगायतको नाम पनि सतहमा आएको छ । 

काँग्रेसका तर्फबाट विष्णुराज नेपाल, प्रताप लामा, भूपेन्द्र बानियाँ, बैकुण्ठ पाण्डे, बदं्री त्रिपाठी, इन्द्र लामा, सुकदेव दाहाल, जयराम दाहाललगायतको नाम आएको छ । 

माओवादी केन्द्रबाट रामप्रसाद ढुङ्गाना, पूर्वसभासद् विमला सुवेदीदेखि मुकुन्द पौडेल, जगतबहादुर लामाको नाम आएको छ । राप्रपाबाट ईश्वर दाहाल, माधव पौडेललगायतको नाम चर्चामा छ । 

नयाँ शक्तिबाट राजकुमार रेग्मी, नवराज ढुङ्गाना, गोकर्ण न्यौपाने पनि महत्वाकाङ्क्षीका रुपमा देखिनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता