२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक सय वर्षका बृद्वा मतदानको पर्खाइमा

२०७३, २६ चैत्र शनिबार ०७:२६

चैत २६, मोरङ । पछिल्लो स्थानीय निर्वाचन हुँदा मोरङ पथरी शनिश्चरेका मानबहादुर भित्रिकोटी ८५ औं वसन्त पार गर्दै हुनुहुन्यो । अहिले उनी उमेरले एक शताब्दी अर्थात् एक सय वर्ष काटिसक्नुभएको छ । 

मतदान गर्न जाँदा हजुरबाले बोकेर लगेका ज्ञानेन्द्रबहादुर भित्रिकोटी २० वर्षका युवा हुनुभएको छ । मतदानपछि त्यही वर्ष जन्मिएकाको उमेर पनि १८ वर्ष नाघिसकेको छ । पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो । त्यसयता भएको छैन । जसलेगर्दा आम नेपालीको मतदान गर्ने इच्छा र चाहना पूरा हुन सकेको छैन । 

मोरङ वयरवनकी दुक्कादेवी राजवंशी गएको स्थानीय निर्वाचनमा ६६ वर्षकी हुनुहन्थ्यो । अहिले उनी ८५ वर्ष पार गर्दै हुनुहुन्छ । यी त केही सामान्य उदाहरण हुन । २०५४ सालमा भर्खर जन्मिएका शिशु जवान भएका छन् । जवान वयस्क भएका छन्, भने वयस्क वृद्ध भएका छन् । लामो समयसम्म स्थानीय निर्वाचन नहुँदा मतदान गर्नबाट धेरै वञ्चित भएका छन् । 

२००७ सालदेखिकै परिवर्तनलाई नजिकबाट हेरिरहेका मानबहादुर भित्रिकोटीले मतदान गर्ने तीव्र इच्छा व्यक्त गर्दै भन्नुहुन्छ , “वैशाख ३१ गतेसम्म त अब कसो नबाचौंला ? त्यहाँबाट पनि उता स¥यो भने चाही यसै भन्न सकिँदैन ।” 

करिब दुई दशकपछि हुनलागेको स्थानीय तहको निर्वाचनले मतदाता उत्साहित देखिएका छन् । सहर, बजार र ग्रामीण क्षेत्रका चिया पसलमासमेत यतिबेला कुराकानी गर्ने प्रमुख विषय नै स्थानीय तहको निर्वाचन बनेको छ । दलका नेता गाउँ पस्ने क्रम बाक्लिएको छ । आफ्नो महत्वपूर्ण अधिकार प्रयोग गरी जनप्रतिनिधि छान्ने सुनौलो अवसर गुम्ने हो कि भन्ने चिन्ता पनि उनीहरुमा छ । 

जनप्रतिनिधि नभएकै कारण गाउँको विकासले गति लिन नसकेको मोरङ सुन्दरदुलारीका युवा राजिव शर्माले बताउनुभयो । एउटा सामान्य कामका लागि पनि सचिव खोज्दै सदरमुकाम धाउनुपर्ने बाध्यताले सर्वसाधारण आक्रान्त भएको बताउँदै उहाँले वैदेशिक रोजगारीमा जाने सबै प्रक्रिया पूरा गरिसकेको भएपनि एक महिनापछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गरेर मात्रै जाने हो कि भन्ने सोचाई बनाएको छु भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म