राजेन्द्र ठगुन्ना/चैत २६, डडेल्धुरा । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै गन्यापधुरा गाउपालिका वडा नं. ३ का स्वतन्त्र युवाहरुको शनिबार भेला सम्पन्न भएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राजेन्द्र ठगुन्ना/चैत २६, डडेल्धुरा । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै गन्यापधुरा गाउपालिका वडा नं. ३ का स्वतन्त्र युवाहरुको शनिबार भेला सम्पन्न भएको छ ।

2026-07-25 12:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

युवाको पक्षमा काम गर्न सक्ने उमेदबारको पक्षमा लाग्न गन्यापधुराका युवाको आग्रह


राजेन्द्र ठगुन्ना/चैत २६, डडेल्धुरा । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै गन्यापधुरा गाउपालिका वडा नं. ३ का स्वतन्त्र युवाहरुको शनिबार भेला सम्पन्न भएको छ ।

स्वतन्त्र युवाहरुको भेलाले पार्टी भन्दा पनि युवाहरुको पक्षमा काम गर्न सक्ने र युवा रोजगारीको व्यवस्थापन गर्न सक्ने सक्षम उम्मेदवारलाई जिताउने करिव १ सय जना स्वतन्त्र युवाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

विगतका निर्वाचनहरुमा विभिन्न पार्टीका नेताहरुले युवाहरुलाई विभिन्न आश्वासन दिएर प्रयोग गरेको र निर्वाचित भए पश्चात युवाहरुको व्यवास्ता गरेको र यो निर्वाचनमा त्यसो हुन नदिनका लागी वडा नं. ३ का सम्पूर्ण स्वतन्त्र युवाहरुको भेलाको आयोजना गरिएको स्वतन्त्र युवा सुरेन्द्र देउवाले बताए ।

आफुलाई आवश्यक पर्दा युवाहरुको प्रयोग गर्ने तर अवसर आउदा आफ्ना नातेदारहरुलाई दिने केही पार्टीका नेताहरुको परिपाटी अन्त्य गरि युवाहरुको पक्षमा र सक्षम समाज निर्माण गर्न सक्ने उम्मेदवारलाई सहयोग गर्ने शेर विष्टले बताए ।

स्थानीयस्तरमै स्वरोजगारीका प्रचुर सम्भावना हुदा हुदै पनि राज्यको निति प्रभावकारी नहुदा लाखौ युवाहरु तेश्रो मुलुक गएर मजदुरी गर्न बाध्य रहेका युवा समाज सेवी गजेन्द्र शाहीले बताउनु भयो । 

उहाँले भन्नु भयो– राज्यदले प्रदेश नं. ७ मा रहेका पश्चिमसेती परियोजना र पञ्चेश्वर प्राधिकरणलाई मात्रै संचालनमा ल्याउने हो भने कुनै पनि युवा बेरोजगार बस्नु पर्ने थिएन तर राज्य संचालनमा पुगेका यस क्षेत्रका नेताहरुले चासो नदिदा यो समस्या उत्पन्न भएको हो । 

समाज विकासको मेरुदण्ड भनेको युवा शक्ति भएकाले युवाहरुले एकताबद्ध भएर लाग्नु पर्ने र स्थानीय निर्वाचनमा युवाको भावनालाई सम्मान गर्न सक्ने उम्मेदवारलाई विजयी गराउनकालागी समेत युवाहरुले लाग्नु पर्ने शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक