चैत २७, नुवाकोट | स्थानीय निकाय निर्वाचनको मिति साँघुरिँदै गर्दा यसको व्यापकता भने फराकिलो हुँदै छ । स्थानीय निकायमा युवाहरुको भूमिकालाई लिएर बहस तथा दावेदारी शुरु भएको छ । फलानो गाविसको अध्यक्ष वा यतिवर्ष पार्टीमा काम गरेर बुढ्यौली लागेकोले स्थानीय निकाय प्रमुखको दावी गर्नेहरु सङै नयाँ जोश जाँगरहरुले युवाहरु को माहोल देखीन थालेको छ ।
यस्तै नुवाकोटको बेलकोटगढी नगरपालिका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पुर्ब केन्द्रीय सदस्य बद्री मुढभरीले विकास, विचार र युवाको अवधारणसहित स्थानीय निकाय निर्वाचनमा आफूलाई मेयर पदका लागि दावी प्रस्तुत गरेका छन् । उमेरले ३० को हाराहारीमा रहेका मुढभरी कुमरीका निवासी हुन् । बिद्यार्थी राजनीतिमा लामो समय काम गरेका उनी २०६२ सालको ग्रामीण आदर्श क्याम्पस नेपालटारको स्ववियु सभापतिमा निर्वाचीत भएका थिए । उनीसँग नेपाल विद्यार्थी संघको केन्द्रीय समीतीमा रहेर काम गरेको लामो अनुभव समेत रहेको छ । यससँगै शिक्षा शांस्त्र संकाय ब्यबस्थापनमा स्नातकोत्तर गरेका उनी ०५७ सालको स्ववियु निर्वाचनमा राजधानीको मनोहर क्याम्पसको सचीवको उम्मेदवार बनेका उनि २०५३ सालदेखिनै बिद्ध्यार्थी राजनीतिमा संलग्न छन् । मुढभरी अन्य प्रतिस्पर्धामा रहेका उम्मेदवार भन्दा गतिशील इमान्दार र बौद्धिक नेताको रुपमा पर्दछन् ।
विकासे गतिबिधिमात्र हैन सामाज सेवा क्षेत्रको सक्रियतामा बद्री प्रभावशाली मानिन्छन् । स्थानीय विभिन्न सामाजिक संस्थामा कृयाशिल भएर काम गरेको अनुभव छ उनीसँग ।
पढे लेखेका र विकासको योजना बनाउन सक्ने युवालाई मेयर टिकट दिनु पर्ने धारणा राख्ने मुढभरीले मेयरको दावी गरेसँगै बेलकोटगढीमा मेयर दावी गर्नेहरुको संख्यामात्र बढेको छैन उम्मेदवार चयनमा दवाव पनि बढेको छ । मुढभरीको मेयर दावीसँगै पढेलेखेका तथा विकासे गतिबिधिमा सक्रियलाई मेयरको टिकट दिनुपर्ने दवाब नेपाली काग्रेसको क्षेत्र तथा जिल्लामा पनि बढेको छ ।
बेलकोट गढी नगरपालिका मा नेपाली कागेस को जीतका लागि बद्री मुढभरी सबैभन्दा महत्वपूर्ण पात्र हुन् भनेर चारैतिर चर्चा चलिरहेको बेला बद्री को उम्मेदवारी ले अन्य दल लाई पनि उनलाइ टक्कर दीन सक्ने मेयर उम्मेदवार चुन्नु फलामे च्यूरा चपाए सरह बन्न पुगेको छ ।