चैत २८, लमजुङ । व्यावसायिकरुपले बङ्गुरपालन गर्दै आउनुभएका नारायणबहादुर थापाको तिन वर्षसम्म पनि लगानी उठेको छैन । 

उहाँको बङ्गुर फार्मबाट वार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २८, लमजुङ । व्यावसायिकरुपले बङ्गुरपालन गर्दै आउनुभएका नारायणबहादुर थापाको तिन वर्षसम्म पनि लगानी उठेको छैन । 

उहाँको बङ्गुर फार्मबाट वार्"/>

2026-10-29 06:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

बङ्गुरले बजार नपाउँदा किसान चिन्तित


चैत २८, लमजुङ । व्यावसायिकरुपले बङ्गुरपालन गर्दै आउनुभएका नारायणबहादुर थापाको तिन वर्षसम्म पनि लगानी उठेको छैन । 

उहाँको बङ्गुर फार्मबाट वार्षिक एकसय ५० भन्दा बढी बच्चा उत्पादन हुन्छ । उहाँले तीन वर्षअघि आठ लाखको लगानीमा बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको थियो । “पहिलो वर्ष गाउँ/गाउँबाट बङ्गुरका बच्चा खरिदको निम्ती आउने गर्थे, अहिले बाहिरबाट सस्तोमा गाउँमै पु¥याइदिने रहेछ” थापाले भन्नुभयो “यसैकारण हामीले आफ्नो खर्च समाहित हुने गरी बिक्री गर्दा पनि बजार पाउन सकेनौँ ।” बजार नपाउदा व्यवसाय छोड्ने कि निरन्तरता दिने भन्ने दोधारमा परेको उहाँले बताउनुभयो । 

“धेरै वर्ष विदेश बसेँ, बङ्गुरपालन व्यवसाय उत्कृष्ट लागेको थियो, यसैमा भविष्य देखेँ र सुरु गरे, पहिलो वर्ष राम्रो भएको थियो, पछिल्ला वर्ष भने निकै असहज भएको छ ।” थापाले भन्नुभयो । आफूसहित दुईजना कर्मचारी राखेर फर्म सञ्चालन गर्नुपरेको तर आम्दानी नहुने भएपछि व्यवसायी सङ्कटमा परेको उहाँले बताउनुभयो । 

बङ्गुरपालनबाट आम्दानी हुने आशा राखेर व्यवसाय सुरु गर्नुभएका खुदीका प्रेमबहादुर गुरुङ पनि बजार नपाउदा चिन्तित हुनुभएको छ । रु १५ लाख लगानी गरेर पि के बङ्गुर फार्म सञ्चालन गर्नुभएका गुरुङले चारवर्षसम्म पनि आफ्नो लगानी उठाउन नसकेको गुनासो गर्नुभयो । “मासिक रु.७५ हजार भन्दा बढी खर्च हुन्छ” गुरुङले भन्नुभयो “काम गर्ने कर्मचारी पनि राख्नुपरेको छ, तर आम्दानी छैन ।” 

लाखौँ रुपैया खर्च गरेर सुरु गरेको व्यवसाय छोडे लगानी समेत डुब्ने खतरा छ भन्दै गुरुङले तर यसलाई धान्न धान्न मुस्किल भएको बताउनुभयो । गुरुङको बङ्गुर फर्मबाट पनि वार्षिक दुई सयको हाराहारीमा बच्चा उत्पादन हुने गरेको छ तर उत्पादित बच्चाले बजार नपाउदा आफ्नो व्यवसाय सङ्कटमा परेको हो । 

पर्याप्त बजार नपाउदा यहाँका बङ्गुरपालक किसान चिन्तित भएका छन् । ठूलो लगानी गरेर व्यावसायिक बङ्गुरपालन गरेपनि बजार नपाउदा कृषक चिन्तित भएका हुन् । 

सस्तो मूल्यमा जिल्ला बाहिरबाट बच्चा निर्यात हुने र केही समुदायमा बाहेक बङ्गुर मासु खपत नहुने हुँदा सदरमुकामसहित जिल्लाका विभिन्न स्थानमा व्यवसायिक बङ्गुरपालन गरिएपनि बङ्गुर बच्चा तथा मासुको उचित खपत हुननसक्दा ती किसान निरुत्साहित भएका छन् । 

जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा लक्ष्मण ढकालले जिल्लामा पर्याप्त बङ्गुर उत्पादन भएर पनि खपत हुननसक्दा किसान मर्कामा परेको बताउनुभयो । उहाँले व्यावसायिक किसानलाई मर्का नपर्नेगरी बङ्गुर बच्चाको मूल्य केही सहज बनाउनसके बाहिरी जिल्लाबाट बङ्गुर निर्यात गर्न नपर्ने बताउनुभयो । 

“खरिदकर्ताले सकेसम्म सस्तो खोज्छन्, व्यवसायीलाई मर्का नपर्ने गरी मूल्य कायम गर्न सके व्यावसायिक बङ्गुरपालन उपयुक्त पेसा हो ।” डा ढकालले भन्नुभयो । 

जिल्लामा बङ्गुरको पर्याप्त खपत नभएको र जिल्ला बाहिर पनि निर्यात गर्न नसक्दा किसान निरुत्साहित हुँदै गएका छन् । जिल्ला बाहिरबाट आयत रोक्ने र व्यावसायिक प्रवद्र्धन गर्न सके आफूहरुलाई राहात मिल्ने व्यवसायी बताउछन् । 

जिल्ला पशुसेवा कार्यालयले व्यावसायिक बङ्गुरपालनको निम्ती रु चार लाख १५ हजार अनुदान दिएको छ । प्रति फार्म रु.८३ हजारका दरले पाँचवटा फार्मका लागि अनुदान दिएको पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताउनुभयो । 

बाहिरी जिल्लाबाट बच्चा आयात रोक्न, व्यावसायिक बङ्गुरपालनको निम्ती विशेष कार्यक्रम ल्याउन र जिल्ला बाहिर समेत निर्यातको व्यवस्था मिलाउने पहल गर्न जिल्ला पशुसेवा कार्यालयसँग सम्बद्ध व्यावसायीले अनुरोध गर्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम