चैत २८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा मौरीपालन किसानले मनग्गे आम्दानी गर्न थालेका छन् । 

दुई वर्षको अवधिमा सात हजारको सङ्ख्यामा घार बिक्री ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा मौरीपालन किसानले मनग्गे आम्दानी गर्न थालेका छन् । 

दुई वर्षको अवधिमा सात हजारको सङ्ख्यामा घार बिक्री ग"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डडेल्धुरामा आधुनिक मौरीघारबाट मनग्गे आम्दानी

२०७३, २८ चैत्र सोमबार ०८:१२


चैत २८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा मौरीपालन किसानले मनग्गे आम्दानी गर्न थालेका छन् । 

दुई वर्षको अवधिमा सात हजारको सङ्ख्यामा घार बिक्री गरिसकेको र खाली घारको दुई हजार ८०० देखि तीन हजारसम्ममा बिक्री गर्ने गरेको आलिताल मौरीघारका प्रोप्राइटर मनी गिरीले घार व्यवसायबाटै पर्याप्त आम्दानी भएकोे बताउनुभयो । घार व्यवसायबाट नै मासिक रु दुईदेखि तीन लाखसम्म बचत हुने गरेको उहाँको भनाइ छ । आलिताल मौरी घार उद्योगमा हाल १० जनाले रोजगारी पाइरहेको प्रोप्राइटर गिरीले जानकारी दिनुभयो । 

डडेल्धुरा जिल्लाका बेलापुर, आलिताल, गाखेत, समैजी क्षेत्रलगायत जिल्लाका अन्य भागमा समेत मौरी व्यवसायका लागि उपयुक्त स्थल भएकाले मौरीका लागि आधुनिक घारको व्यवसाय पनि राम्रो हुनथालेको घार निर्माण व्यवसायी बताउछन् । 

व्यावसायिक रुपले मौरीपालनतर्फ किसान आकर्षण बढ्न थालेपछि घारको माग बढेको आलिताल गाउँपालिका गोदामका मौरीघार व्यवसायी कर्ण बोहराले बताउनुभयो । हामीले सानो रुपले व्यवसाय गर्दै आएकामा साना तथा मझौला किसान आयस्तर वृद्धि आयोजनाबाट पाएको अनुदानले व्यवसाय बृद्धी गर्न सहज हुनाका साथै राम्रो आम्दानी भइरहेको उहाँको भनाइ छ । 

पुरानो प्रविधि भन्दा आधुनिक घारमा मौरी राख्दा उत्पादनसमेत राम्रो भई महको बजार मूल्य पनि किलोको रु पाँच सयदेखि रु ६ सयसम्म पाइने गरेको समैजीका मौरी व्यवसायी लक्ष्मीदत्त पाठक बताउनुहुन्छ । 

मौरी व्यावसायबाट गाउँका बेरोजगारले समेत काम पाएका छन् भने आफूले निर्माण गरेको मौरीका घार जिल्ला विभिन्न क्षेत्रमा बेचबिखन हुँदै आएको प्रोप्राइटर गिरीले जानकारी दिनुभयो । 

यसैगरी भित्री मधेसको आलितालमा मात्रै दुई वटा मौरीको उद्योग सञ्चालन भएकामा अन्य स्थानमा पनि विस्तार हुन थालेकोे साना तथा मझौला घरेलु उद्योग कार्यालयले जनाएको छ । 

घार व्यवसायीलाई सहजीकरण गर्न, तिनीहरुको व्यवसाय राम्रो बनाउन र आयस्तर वृद्धि गराउन प्राविधिक र उपकरणमा सहयोग गरिरहेको बहुउद्देश्यीय विकास समाजका कार्यकारी निर्देशक प्रेम महरले बताउनुभयो । 

बहुउद्देश्यीय विकास समाज संस्थाबाट मौरीपालन गर्ने समूह र सहकारीका सदस्यलाई घार व्यवसायीसँग समन्वय गराएर सुपथ मूल्यमा घार उपलब्ध गराउन सहयोग गरिरहेको निर्देशक महरले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला