३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिपबाट खसेर विद्यालय हिँडेकी छात्राको मृत्यु

२८ चैत्र २०७३, सोमबार ०९:२६

चैत २८, पर्वत । फलेवास नगरपालिका–७ की १६ वर्षीया धारणा पौडेलको आज बिहान जिपबाट खसेर मृत्यु भएको छ । 

फलेवास नगरपालिका–८ ठानामौलाबाट सदरमुकाम कुश्मातर्फ आउँदै गरेको ना ३ च १०७४ नम्बरको बोलेरो जिपमा विद्यालय पढ्न आउँदै गर्दा उनी अचानक खस्न पुगेकी थिइन ।

गाडीबाट खसेर गम्भीर घाइते भएकी पौडेललाई उपचारको क्रममा पोखरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनी पर्वतको खानीगाउँस्थित भवानी विद्यापीठ माविमा कक्षा ११ मा अध्ययनरत थिइन् । 

बिहान घरबाट विद्यालय पढ्न आउँदै गर्दा बयरडाँडा भन्ने ठाउँमा अचानक गाडीबाट खस्दा उक्त दुर्घटना भएको हो । उक्त जिप र जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु