२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मतदाता शिक्षा अभियन सुरु

२८ चैत्र २०७३, सोमबार १२:२४

चैत २८, नवलपरासी । स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी मतदातालाई सहभागी गराउने उद्देश्यले नवलपरासीमा मतदाता शिक्षा अभियान थालिएको छ । 

जिल्ला निर्वाचन कार्यालयले जिल्लाभरि करिब ४५९ जना मतदाता शिक्षा कार्यकर्ता र स्वयमसेवक परिचालन गरी सो अभियान थालिएको हो । नियुक्ति भएका मतदाता शिक्षा कार्यकर्ता अथवा स्वयंसेवकले निर्वाचन सामग्री वितरण, मतदाताको घरदैलोमा पुगी निमन्त्रणा गर्ने, मतपत्रको नमुना लिई मतपत्रमा स्वस्तिक छाप लगाउने तरिका मतदातालाई सिकाउने, बदर मत र सदर मतबारे जानकारी गराउने भन्ने मतदाताको घरदैलोमा पुगी प्रचारप्रसार गर्नेछन् ।

मतदाता शिक्षा कार्यकर्ता अथवा स्वयंसेवकलाई तालिम दिइसकिएको र आ–आफ्नो कार्यक्षेत्रमा पठाउने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए। निर्वाचनमा बढीभन्दा बढी मतदातालाई मतदान कार्यमा सहभागी गराउने, निर्वाचनमा बदर मतको प्रतिशत घटाउने उद्देश्यले मतदाता शिक्षा अभियान थालिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नवलपरासीमा २०७० सालको संविधानसभाको निर्वाचनमा बदर मतको प्रतिशत ४ दशमलव ५ प्रतिशत थियो भने मतदान कार्यमा भाग नलिने मतदाताको प्रतिशत १८ प्रतिशत रहेको थियो । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि यसअगावै नवलपरासीका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिसकिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकामस्थित जिल्ला बालकल्याण समितिको हलमा वैशाख ३ गतेसम्म स्थापना गरी काम थाल्ने र अन्य १५ वटै तहमा आगामी वैशाख १२ गतेसम्म स्थानीय तहमा पुगेर कार्यालय स्थापना गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सात नगरपालिका र आठ गाउँपालिका रहेको नवलपरासीमा कुल तीन लाख ६९ हजार ८९४ मतदाता सङ्ख्या रहेको छ । यस जिल्लामा २३२ मतदानस्थल र ४८७ मतदान केन्द्र रहने छन् ।

जिल्लाभरिका सबै नगरपालिका र गाउँपालिकामा प्रमुख, उपप्रमुख, महिला सदस्य, महिला दलित सदस्य र अल्पसङ्ख्यक गरी करिब एक हजार जनप्रतिनिधिले प्रतिनिधित्व गर्ने भएका छन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने