२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मतदाता शिक्षा अभियन सुरु

२०७३, २८ चैत्र सोमबार १२:२४

चैत २८, नवलपरासी । स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी मतदातालाई सहभागी गराउने उद्देश्यले नवलपरासीमा मतदाता शिक्षा अभियान थालिएको छ । 

जिल्ला निर्वाचन कार्यालयले जिल्लाभरि करिब ४५९ जना मतदाता शिक्षा कार्यकर्ता र स्वयमसेवक परिचालन गरी सो अभियान थालिएको हो । नियुक्ति भएका मतदाता शिक्षा कार्यकर्ता अथवा स्वयंसेवकले निर्वाचन सामग्री वितरण, मतदाताको घरदैलोमा पुगी निमन्त्रणा गर्ने, मतपत्रको नमुना लिई मतपत्रमा स्वस्तिक छाप लगाउने तरिका मतदातालाई सिकाउने, बदर मत र सदर मतबारे जानकारी गराउने भन्ने मतदाताको घरदैलोमा पुगी प्रचारप्रसार गर्नेछन् ।

मतदाता शिक्षा कार्यकर्ता अथवा स्वयंसेवकलाई तालिम दिइसकिएको र आ–आफ्नो कार्यक्षेत्रमा पठाउने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए। निर्वाचनमा बढीभन्दा बढी मतदातालाई मतदान कार्यमा सहभागी गराउने, निर्वाचनमा बदर मतको प्रतिशत घटाउने उद्देश्यले मतदाता शिक्षा अभियान थालिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नवलपरासीमा २०७० सालको संविधानसभाको निर्वाचनमा बदर मतको प्रतिशत ४ दशमलव ५ प्रतिशत थियो भने मतदान कार्यमा भाग नलिने मतदाताको प्रतिशत १८ प्रतिशत रहेको थियो । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि यसअगावै नवलपरासीका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिसकिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकामस्थित जिल्ला बालकल्याण समितिको हलमा वैशाख ३ गतेसम्म स्थापना गरी काम थाल्ने र अन्य १५ वटै तहमा आगामी वैशाख १२ गतेसम्म स्थानीय तहमा पुगेर कार्यालय स्थापना गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सात नगरपालिका र आठ गाउँपालिका रहेको नवलपरासीमा कुल तीन लाख ६९ हजार ८९४ मतदाता सङ्ख्या रहेको छ । यस जिल्लामा २३२ मतदानस्थल र ४८७ मतदान केन्द्र रहने छन् ।

जिल्लाभरिका सबै नगरपालिका र गाउँपालिकामा प्रमुख, उपप्रमुख, महिला सदस्य, महिला दलित सदस्य र अल्पसङ्ख्यक गरी करिब एक हजार जनप्रतिनिधिले प्रतिनिधित्व गर्ने भएका छन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ