2026-07-24 09:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङ्गमा उम्मेदवार छान्दै दलहरु (को-को चर्चामा छन्)

(रामबहादुर थापा) | चैत २९, बागलुङ | स्थानीय तहको निर्वाचन आउन करिब एक महिना बाँकी रहँदा दलहरु उम्मेदवार छनोटमा लागेका छन् । 

टिकटका लागि आफ्नै दलभित्र लड्नुपरेको उम्मेदवारका आकाङ्क्षीहरु बताउँछन् । एउटै दलबाट प्रमुख पदमा उम्मेदवारी दिनेको सङ्ख्या अत्यधिक रहेको छ । वैशाख पहिलो साताभित्र उम्मेदवार छानिसक्ने दलहरुले जनाएका छन् । 

दलहरु उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । गाउँपालिकाको तुलनामा नगरपालिकाको नेतृत्व ताक्नेको सङ्ख्या बढी छ । जिल्लाका १० स्थानीय तहमध्ये चार नगरपालिकामा प्रमुख÷उपप्रमुख को बन्ने भन्ने विषयले चर्चा पाएको छ । उम्मेदवार बन्ने आकाङ्क्षीको होडबाजी अत्यधिक छ । 

उम्मेदवारी सुनिश्चित गर्न आकाङ्क्षीको केन्द्रसम्मै दौडधुप सुरु भएको छ । बागलुङ नगरपालिकाको नगर प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट वसन्तकुमार श्रेष्ठ, पार्टी सभापति दीपेन्द्रबहादुर थापा, जगदीशचन्द्र उपाध्याय, किरण पौडेल, शकुन्तला शर्मा, महेन्द्र आचार्य, चिरञ्जीवी गौतम, पार्वती आचार्य, नारायण पौडेललगायतको चर्चा छ । 

यस्तै नेकपा (एमाले)बाट जनक पौडेल, मनकुमारी केसी, कृष्ण पाठकलगायतको नाम चर्चामा छ । नेकपा (माओवादी केन्द्र)बाट निर्मल श्रेष्ठ, यज्ञबल्लभ शर्मा, कुमारविक्रम क्षेत्रीलगायतको चर्चा छ । राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बाँस्कोटा, थानेश्वर सुवेदीलगायत नगर प्रमुखका लागि आकाङ्क्षी देखिएका छन् । 

गलकोट नगरपालिकाको नगर प्रमुखका लागि काँग्रेसबाट फमबहादुर खत्री, मञ्जेशबम मल्ल, मञ्जु शर्मालगायत आकाङ्क्षी छन् । नेकपा (एमाले)बाट कुलबहादुर केसी, डम्बर श्रीसलगायतको चर्चा छ । नेकपा (माओवादी केन्द्र)बाट ज्ञामनाथ गैरे, तिलक उप्रेती, फमलाल निउरे, राजबहादुर थापालगायत आकाङ्क्षी छन् भने राष्ट्रिय जनमोर्चाबाट नेत्रबहादुर बुढाथोकीको चर्चा छ । 

यस्तै जैमुनी नगरपालिकाको नगर प्रमुखमा काँग्रेसबाट नवराज पौडेल, भीम श्रीस, हरिहर शर्मा, हरि आचार्य, गीता रेग्मी, इन्द्रराज पौडेल, दुर्गादत्त आचार्य लगायतको दाबी छ । नेकपा (एमाले)बाट श्रीप्रसाद शर्मा, भूपाल चालिसे, सावित्रा रानालगायतको नाम चर्चामा छ । नेकपा (माओवादी केन्द्र)बाट लालबहादुर परियार, सकसबहादुर क्षेत्री, शोभा शर्मालगायत आकाङ्क्षी छन् । राष्ट्रिय जनमोर्चाबाट नरबहादुर पुन चर्चामा छन् । 

पश्चिम ढोरपाटन नगरपालिकाको नगर प्रमुखका लागि काँग्रेसबाट धीरप्रतास सिंह, अर्जुन शेरचन, मेखलाल शर्मालगायतको चर्चा छ । नेकपा (एमाले)बाट लक्ष्मण पुन, गोकुल शेरचन, टङ्क पौडेललगायत छन् । नेकपा (माओवादी केन्द्र)बाट चन्द्र अर्याल, शेरमान घर्ती, तुलसी अर्याललगायत आकाङ्क्षी छन् । राष्ट्रिय जनमोर्चाबाट टेकबहादुर घर्ती, गौरीश्वर पाण्डेयलगायतको दाबी रहेको छ । 

आकाङ्क्षी बढी भएपछि दलहरु सम्भावितको सूची तयार पार्न लागिपरेका छन् । दलहरुलाई उम्मेदवार छनोटको सम्पूर्ण निर्णय जिल्लामै गर्न कठिन भएको छ । कतिपय दलले प्रदेशस्तरबाट र कतिपयले केन्द्रबाटै उम्मदेवारको टुङ्गो लगाउने भएका छन् । काँग्रेसले वैशाख ५ गतेभित्रै सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाउने जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले बताउनुभयो । 

यस्तै वैशाख ४ गतेभित्रै गाउँ र नगर दुवैको प्रमुख पदका सम्भावित उम्मेदवारको सूची प्रदेशमा पठाउने तयारीमा नेकपा (एमाले) छ । नेकपा (माओवादी केन्द्र)ले आउँदो वैशाख ७ गतेभित्र सबै वडा, गाउँ र नगरका उम्मेदवार छान्ने जनाएको छ । जिल्ला इञ्चार्ज चन्द्रबहादुर बुढाका अनुसार केन्द्रले सबै पदमा एकल उम्मेदवारी दिने निर्णय गरेको छ । 

राष्ट्रिय जनमोर्चाले भने गाउँपालिका र नगरपालिकाका प्रमुख पदमा केन्द्रबाटै उम्मेदवार छनोट गर्ने जनाएको छ । वडाका उम्मेदवार भने स्थानीय समन्वय समितिले नै छनोट गर्ने जनमोर्चाले जनाएको छ । नगरपालिकासँगै गाउँपालिकामा पनि उम्मदेवारका आकाङ्क्षी बढ्दै गएका छन् । जिल्लामा छवटा गाउँपालिका रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक