2026-09-18 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याग्दीका स्थानीय तहमा यस्ता छन् उम्मेदवारका आकाङ्क्षी

चैत ३०, म्याग्दी । म्याग्दीका राजनीतिक दलले २०७४ साल वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटको तयारी तीव्र बनाएका छन् । 

उम्मेदवार हुन आकाङ्क्षीको दौडधुप बढेसंगै वैशाख पहिलो साताभित्र उम्मेदवार छानिसक्ने दलले जनाएका छन् । नेपाली काँग्रेसबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि हरिकुमार श्रेष्ठ, मीनबहादुर कार्की, नेत्रबहादुर महत, अनोद श्रेष्ठ, अमृतादेवी बानिया, रुद्रबहादुर केसी र बिमला गौचन आकाङ्क्षी हुनुहुन्छ । 

नेकपा (एमाले)बाट प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरत केसी, राजकुमार थापा, देवबहादुर घलेको नाम चर्चामा छ । नेकपा (माओवादी केन्द्र)मा कृष्णबहादुर थापा, चन्द्रबहादुर घिमिरे, शेरबहादुर केसी, ज्योति लामिछाने र राप्रपाबाट एकेन्द्र रावल नगर प्रमुखको उम्मेदवार बन्न आकाङ्क्षी देखिएका छन् । 

नेपाली काँग्रेसको गाउँपालिका समन्वय समितिले डमबहादुर पुनलाई अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र कृष्णप्रसाद बरुवाललाई ६ नं वडाको अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेर प्रचारप्रसार सुरु गरिसकेको छ । 

नेकपा (एमाले)बाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्न भरत पुन, नारायण पुन, श्याम राना र तेजबहादुर गुरुङ आकाङ्क्षी देखिएका छन् । अन्नपूर्णको ६ नं मा एमालेको वडा कमिटीले गोकुल बरुवाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

नेकपा (माओवादी केन्द्र)बाट कुलवीर राम्जाली, सुवास विक, बागवीर पाइजा, बुद्धि पुन र जसबहादुर तिलिजामध्ये एकजना अन्नपूर्ण गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्ने सम्भावना छ । राप्रपामा तीर्थ खड्का, मोहन पुर्जा, देविन तुलाचन र सरोज गौचन सम्भावित उम्मेदवारका रुपमा रहेका छन् । 

रघुगङ्गा गाउँपालिकाको केन्द्रको विवाद रहेकाले राजनीतिक दलले अन्य स्थानीय तहमा जस्तो राजनीतिक गतिविधि अघि बढाउन सकेका छैनन् । मङ्गला गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट जितेन्द्र पुन, गोपाल भट्टचन, धु्रव कार्की, श्रीराम पौडेल र चक्रपाणि आचार्यले दाबी गर्नुभएको छ । 

नेकपा (एमाले)बाट प्रेमप्रसाद रेग्मी, सतप्रसाद रोका, शङ्कर शेरचन आकाङ्क्षी देखिएका छन् । नेकपा (माओवादी केन्द्र)मा देवराज सुवेदी, पुस्कर विक, चन्द्रप्रसाद बुढाथोकी र सुकमाया रोकाको चर्चा छ भने राप्रपाबाट विनोद भट्टचन सम्भावित उम्मेदवारका रुपमा रहेका छन् । 

मालिका गाउँपालिकामा नेपाली काँगे्रसको समन्वय समितिले श्रीप्रसाद रोकालाई अध्यक्ष र बिमला रोकालाई उपाध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेर प्रचारप्रसार सुरु गरेको छ । एमालेमा मोतिराज गौतम, वेगप्रसाद गर्बुजा, कर्ण रोका, माओवादी केन्द्रमा कमल केसी, गोविन सिउथानी, सरस्वती पुन र लालमाया पाइजा अध्यक्षको उम्मेदवार बन्ने चर्चा छ भने राप्रपाबाट चक्रपाणि कँडेलले उम्मेदवारी दिने तयारी गरेका छन् । 

धौलागिरि गाउँपालिकामा नेपाली काँग्रेसका तमबहादुर थापा, कमल छन्त्याल, डिलबहादुर केसी, चकबहादुर मल्ल, डम्मर भण्डारी र मीनबहादुर भण्डारी, एमालेमा देउप्रसाद छन्त्याल, थमसरा पुन, रेशम भण्डारी, दिनेश केसी, माओवादी केन्द्रका यामन रोका, भेषनाथ गौतम, झकबहादुर छन्त्याल र देवबहादुर थापा अध्यक्षको सम्भावित उम्मेदवारका रुपमा रहेका छन् । 

सबैजसो पार्टीले उम्मेदवार छनौटका लागि सिफारिस गर्ने अधिकार सम्बन्धित नगर, गाउँपालिका र वडा समितिलाई दिएका छन् । वडा, गाउँ र नगरपालिकाको कमिटीले सिफारिस गरेका सम्भावित नामलाई संस्थागतरुपमा सर्वसहमतिमै एकजनालाई उम्मेदवार बनाउने दलका जिल्लास्तरीय नेताले बताएका छन् । 

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा दुई सय ३७ जनप्रतिनिधि निर्वाचित हुने भएका छन् । ७२ वटा मतदानस्थल रहेको म्याग्दीमा ३७ हजार ६ सय ७२ महिला, ३३ हजार सात सय ६० पुरुष र एकजना तेस्रोलिङ्गी गरी ७१ हजार चार सय ६३ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई