चैत ३१, पोखरा । नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा यतिखेर आन्तरिक पर्यटकको निकै चहलपहल देखिएको छ । 

नेपालमा २०७२ सालमा ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३१, पोखरा । नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा यतिखेर आन्तरिक पर्यटकको निकै चहलपहल देखिएको छ । 

नेपालमा २०७२ सालमा ग"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ वर्षको पूर्वसन्ध्यामा पोखराका होटल पर्यटकले भरिभराउ

३१ चैत्र २०७३, बिहीबार १०:४४


चैत ३१, पोखरा । नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा यतिखेर आन्तरिक पर्यटकको निकै चहलपहल देखिएको छ । 

नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि भरिन नसकेका पोखराका होटल अङ्ग्रेजी नयाँ वर्ष २०१७ का अवसरमा यसअघि खचाखच भरिएकोमा पुनः नेपाली नयाँ वर्षका कारण पोखरामा पर्यटकलाई होटल नै पाउन नसक्ने अवस्था सिर्जना भएको छ । 

आन्तरिक पर्यटकले जेनतेन थेग्दै गए पनि शतप्रतिशत पु¥याउन नसकिएका अवस्थामा अङ्ग्रेजी नयाँ वर्षमा होटलमा शतप्रतिशत पर्यटक भरिएपछि उत्साहित बनेका यहाँका पर्यटन व्यवसायीलाई २०७४ सालको आगमन पूर्व केही दिनयता देखिएको पर्यटकको चापले हर्षित बनाएको छ । 

नयाँ वर्षका कारण पोखराका प्रत्येक होटेलमा आज र भोलिका लागि शतप्रतिशत पर्यटक भरिएको पश्चिमाञ्चल होटल सङ्घका निवर्तमान अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिनुभयो । 

“नयाँ वर्षमा आएका पर्यटकको सङ्ख्याले व्यवसायीलाई निकै उत्साहित बनाएको छ,” उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकको आगमनको क्रम बढ्दै गएपनि विदेशी पर्यटकको आगमन भूकम्पपछि अझै सन्तोषजनक बन्न सकेको छैन ।” 

पोखराको पर्यटकीय विकासलाई लक्षित गरी यहाँ लगभग रु एक खर्बको लगानी भइसकेको उहाँले बताउनुभयो । “पोखरामा हाल पर्यटकलाई लक्षित गरी बनाइएका ५०० को सङ्ख्यामा होटल रहेका छन्,” उहाँले भन्नुभयो, “यहाँ रहेका होटलमध्ये पाँचवटा पाँच तारे, १४ वटा तीन तारे छन् ।” पछिल्लो समयमा पोखराको सराङकोटमा चार तारे होटल बन्ने तयारीमा छ । 

पोखराको पर्यटन प्रवद्र्धनका लागि भारतका विभिन्न ठाउँमा पुगी सञ्चालन गरिएका “चलिए पोखरा’ जस्ता कार्यक्रमको प्रभावकारिता विस्तारै बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् । 

पोखरामा भूकम्पपछि भारतीय पर्यटक आउने क्रम विस्तारै बढे पनि चिनियाँ पर्यटकको आउने क्रम बढ्नसकेको छैन । “भूकम्प अघि आउने चिनियाँ पर्यटकको तुलनमा हाल २० प्रतिशतको हाराहारीमा मात्र आउने गरेका छन्,” – पराजुलीले भन्नुभयो । 

तथ्याङक अनुसार पोखरा क्षेत्रमा पर्यटक बस्नसक्ने गरी होटलका लगभग नौ हजार भन्दा बढी कोठामा २० हजार भन्दा बढी बेड सङ्ख्या रहेको छ भने यस आसपासका धम्पुस, रुपाकोट, बेगनासलगायतका स्थानका होटलसमेत गरी प्रतिदिन यहाँ ३० हजार भन्दा बढी सङ्ख्यामा पर्यटकलाई राख्नसक्ने क्षमता छ । 

नयाँ वर्षका अवसरमा पोखरामा आएका पर्यटकका कारण पर्यटन क्षेत्रलाई उत्साहित बनाएको बताउने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलिया विदेशी पर्यटकको आगमनलाई बढाउनका लागि त्यही किसिमका कार्यक्रम अघि बढाउनु आवश्यक भएको धारणा राख्नुहुन्छ । 

“विदेशी पर्यटकको आगमनलाई बढाउनका लागि अन्तर्राष्ट्रियस्तरको प्रवद्र्धन कार्यक्रम आवश्यक छ,” उहाँले भन्नुभयो, “नेपाल पर्यटन बोर्डले नेपालको अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि बिबिसी, सिएनन्, रोयटर्स जस्ता समाचार संस्थामार्फत प्रबद्र्धनको काम थालेको छ ।” 

बोर्डले वार्षिक रुपमा ४० वटा अन्तर्राष्ट्रिय प्रवद्र्धनका अन्य कार्यक्रम पनि राख्ने गरेको जानकारी दिँदै थपलियाले अन्तर्राष्ट्रिय पर्यटक बढाउन त्यही किसिमको पूर्वाधार विकासलाई पनि राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुुभयो । 

नेपालमा अन्तर्राष्ट्रिय पर्यटनको विकासका लागि हाल रहेका सीमित हवाई उडानले पनि प्रभावित गरेका कारण विद्यमान सीमिततालाई हटाएर विभिन्न राष्ट्रबाट सिधा हवाई सम्पर्कको व्यवस्था गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । 

पोखरामा नयाँ वर्षको आगमन पूर्व दुईसाता अघिदेखि नै होटलमा विभिन्न ठाउँबाट पर्यटकले अग्रिम बुकिङ गरेको लेकसाइडस्थित होटल एसियाका प्रोपाइटर धर्मराज पन्थी बताउनुहुन्छ । 

अघिल्लो शैक्षिक सत्रको समाप्ती र नयाँ शैक्षिक वर्षको सुरुवात भइनसकेका कारण यतिखेर परिवारका सदस्यसहित आउनेको सङ्ख्या पोखरामा ह्वात्तै बढेको व्यवसायीले बताए । 

निश्चित समयका साथै पर्व विशेष भन्दा पनि पोखरामा सदावहार रुपमा पर्यटक आउने अवस्था सिर्जना गर्नु आवश्यक रहेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवम् नेपाल पर्यटन व्यवसायी सङ्घ, पोखराका अध्यक्ष सोम थापाको भनाइ छ ।

“पोखरामा आवश्यक पूर्वाधार विकाससँगै पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम प्याकेजका रुपमा ल्याउनु आवश्यक छ,” थापाले भन्नुभयो, “यहाँस्थित प्राकृतिक सम्पदाको अलावा पर्यटन लक्षित मानवनिर्मित संरचनाको विकासलाई पनि प्राथमिकतामा राखिनुपर्छ ।” सूर्यचन्द्र बस्नेत/वासुदेव पौडेल/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य