चैत ३१, देउखुरी । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासनले स्थानीय तहको निर्वाचनलाई प्रभावकारी, निष्पक्ष र भयरहित बनाउन सम्पुर्ण सञ्चार माध्यम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३१, देउखुरी । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासनले स्थानीय तहको निर्वाचनलाई प्रभावकारी, निष्पक्ष र भयरहित बनाउन सम्पुर्ण सञ्चार माध्यम "/>

2026-09-19 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्थानीय निर्वाचनलाई भयरहित र मर्यादित बनाउनुपर्छ: प्रियासन


चैत ३१, देउखुरी । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासनले स्थानीय तहको निर्वाचनलाई प्रभावकारी, निष्पक्ष र भयरहित बनाउन सम्पुर्ण सञ्चार माध्यम र पत्रकारहरु लाग्नु पर्ने बताएका छन् ।

देउखुरी टुडे राष्ट्रिय साप्ताहिक पत्रिकाको आयोजनामा विहिवार गढवामा आयोजित स्थानीय तहको निर्वाचनमा सञ्चार माध्यमहरुको सम्बन्ध तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका प्रियासनले निर्वाचनका बेला सम्पुर्ण सञ्चार माध्यम तथा पत्रकारहरुले निर्वाचनका विषयमा दलिय सद्भाव नविथोलीने खालका समाचार सम्प्रेसण गर्न सुझाव समेत दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रियासनले सञ्चार माध्यमहरुको विकास भएमा मात्र स्थानीय तहको विकास हुन सक्ने बताएका छन् । पत्रिकाले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदानको प्रसंगमा बोल्दै प्रियासनले २०७४ संविधान कार्यान्वयन र निर्वाचनको वर्ष भएकाले तिनै तहका निर्वाचन सम्पन्न गर्न पत्रकारहरुले सकारात्मक भुमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।

पत्रिकाका प्रकाशक सम्पादक सन्तोषकुमार गुप्ताको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रियासनको प्रमुख आतिथ्यता र रेडियो साझा आवाजका अध्यक्ष उमाकान्त पन्तको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा गढवा गाविसका पुर्व अध्यक्ष भगवतीप्रसाद चौधरी, एमाले दाङका सदस्य रामप्रसाद गैरे, राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल, नयाँ शक्ति पार्टी नेपालका गढवा गाउँपालिका संयोजक दिलबहादुर महतरा, राप्ती समाचारका प्रतिनिधि विदुर एम.सी, देउखुरी साहित्य मञ्चका अध्यक्ष तथा पत्रिकाका सल्लाहाकार सम्पादक हरि पोख्रेल, राप्ती उवा संघका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, गढवा उवा संघका वरिष्ठ उपाध्यक्ष रविलाल आचार्य, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डि.सी, हिमवन्ती नेपाल दाङका सचिव ओभा पाठक, शुभतारा इङलिस वोडिङ स्कुलका प्रिन्सिपल विकास रजौरे, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुवर,युवा संघ नेपाल गढवाका सुनिल चौधरी, वाइसियलका कृष्णबहादुर आलेमगर लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पत्रिकाका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रिकाका प्रधान सम्पादक शिवराज पन्थीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो