२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बूढीगण्डकीको मुआब्जा वितरण सुरु

१ बैशाख २०७४, शुक्रबार १२:४१

बैशाख १, धादिङ । बूढीगण्डकी जलविद्युत् आयोजनामा घरजग्गा डुब्ने धादिङका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरिएको छ । 

जिल्लाका खरी, मैदी र सलाङका २३ जग्गाधनीलाई मुआब्जा हस्तान्तरण गरिएको छ । तिनको ३८ कित्ता जग्गाको रु तीन करोड सात लाख ५९ हजार सात सय मुआब्जा रकम राष्ट्रिय वाणिज्य बैंक धादिङबेंसी शाखामा बिहीबार जम्मा गरिएको प्रजिअ उमेशकुमार ढकालले बताउनुभयो । 

जग्गाधनीले आयोजना विकास समितिका नाममा जग्गा पास गरिदिएपछि उनीहरुलाई रावाबैंकमार्फत रकम भुक्तानी गरिएको ढकालको भनाइ छ । मुआब्जा पाउन निवेदन दिएका एक सय ८० प्रभावितको बुढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालयले जग्गाको अन्तिम रुजु गरिरहेको आयोजनाले जनाएको छ । मुआब्जा रकम माग गर्दै आठ सयभन्दा बढीले निवेदन दिएका छन् । जग्गाको अवस्था मालपोत कार्यालयमा बुझेर प्रभावितलाई तोकिएको दरमा मुआब्जा उपलब्ध हुने गराइने बताइएको छ छ । 

मुआब्जा निर्धारण समितिले धादिङपट्टिको डुबान क्षेत्रका जग्गाको मूल्य प्रतिरोपनी न्यूनतम रु पाँच लाख २५ हजारदेखि अधिकतम रु आठ लाख ३५ हजार तोकेको छ । मुआब्जा वितरणका लागि धादिङमा पहिलो चरणमा रु दुई अर्ब ५० करोड आएको छ । खरी, मैदी र सलाङमा रकम वितरण भएसँगै डुबानमा पर्ने अन्य जग्गाको रुजु गर्दै मुआब्जा वितरणलाई निरन्तरता दिइने प्रजिअ ढकालले बताउनुभयो । 

एक हजार दुई सय मेगावाटको बूढीगण्डकी आयोजनाबाट धादिङ र गोरखाका गरी तीन हजार पाँच सय ६० घर डुबानमा पर्नेछन् । बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका अनुसार दुई जिल्लाका ५८ हजार रोपनी जग्गा ओगटिनेछ । धादिङको खहरेबजार र गोरखाको आरुघाट बजारको भने मुआब्जा निर्धारण अझै हुन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो