२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शल्यक्रिया गरेकी महिलाको पाठेघरमा कपडाको टुक्रा भेटियो

२०७४, २ बैशाख शनिबार ०८:२६

ललित बोहरा/बैशाख २, डडेल्धुरा । उपक्षेत्रीय अस्पताल डडेल्धुराका डाक्टरले महिलाको पाठेघरको शल्यक्रिया गर्दा महिलाको पेटमा कपडाको टुक्रा छोडेको पुष्टि भएको छ ।

बैतडीकी एक महिलाको पाठेघरको ट्यूमरको शल्यक्रिया गर्दा पाठेघरमै कपडाको टुक्रा छोडेर गम्भीर गल्ती दोहोर्याएको विरामीका आफन्तले बताएका छन् । बैतडीको सिद्धपुरकी ३८ बर्षिय प्रतिभा भट्टको पाठेघरको ट्यूमरको शल्यक्रिया गर्दा उपक्षेत्रिय अस्पताल डडेल्धुराले पाठेघरमै कपडाको चार टुक्रा छोडेको विरामी भट्टका श्रीमान् कमलापति भट्टले बताए ।

गत चैत १२ गते भट्टको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा कार्यरत डा. नवराज जोशीले शल्यक्रिया गरेका थिए । पाठेघरको ट्यूमरको उपचार गराउन भट्टको शल्यक्रिया गरेको दुई/तीन दिनमै बेस्सरी पेट दुख्ने, पेट फुल्ने, बेहोस हुने भएपछि फेरी चेकजाँचका लागि उपक्षेत्रिय अस्पतालमा जाँदा सामान्य रहेको बताएको र दुखाई कम गर्ने सुई लगाएको उनले बताए ।

पेटको दुखाई बढ्दै गएपछि विरामीलाई कोहलपुर शिक्षण अस्पतालमा चेकजाँच गराउदा पाठेघरमै चार टुक्रा कपडा भेट्टीएको हो । कोहलपुर शिक्षण अस्पतालमा दोस्रो पटक अपरेशन गरेर कपडाका टुक्रा झिकिएको र उपक्षेत्रीय अस्पतालका डाक्टरले गरेको गम्भीर त्रुटी फेला परेको भट्टले बताए ।

दोस्रो अपरेशन सफल नभएको भए उनको ज्यानै समेत जान सक्ने खतरा थियो । अहिले विरामी भट्टको अवस्थामा सुधार आएको छ । यो घटनापछि शल्याक्रिया गर्ने उप क्षेत्रिय अस्पताल डडेल्धुराका डाक्टर नवराज जोशीले घटना सार्वजनिक नगरिदिन हारगुहार गरिरहेका विरामीका आफन्त भट्टले बताएका छन् ।

डाक्टरको चरम लापरवाहीले ठूलो समस्या निम्त्याएको भन्दै विरामीका परिवार आक्रोशित भएका छन् । उनीहरुले लापरवाही गर्ने डाक्टरलाई कार्वाही गर्न माग गरेका छन् भने क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । केही समय पहिले पनि उपक्षेत्रिय अस्पताल डडेल्धुराले बझाङकी एक महिलाको शल्यक्रियाको क्रममा पेटमै कैची छुटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता