७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा आकांक्षी धेरै भएपछि उमेदवार छान्न सकस

२ बैशाख २०७४, शनिबार ११:१३

वैशाख २, पोखरा । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार वन्ने आकांक्षीहरु धेरै भएपछि कास्कीका प्रमुख दललाई उम्मेदवार छान्न निकै सकस भएको छ ।

उम्मेदवार मनोनयन गर्ने मिति दुई हप्तामात्रै हुँदा पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले उम्मेदवारको टुङ्गो लगाउन नसक्दा मतदातामा कोको उम्मेदवार बन्दै छ भन्ने उत्सुकता बढेको देखिन्छ ।

अहिले सबैजसो चियापसल, भेटघाट र गफगाफमा पार्टीका को को उमेदवार बन्ने होलान भन्ने चर्चा मतदातामा हुने गरेको छ । कुनै एक प्रमुख दलले उमेदवार चयन गरे त्यसलाई टक्कर दिने प्रतिस्पर्धी छान्ने दाउमा दलहरु रहेका छन् ।

उम्मेदवार तोकेपछि अरु आकांक्षीहरु भड्किने तथा पार्टीले तोकेका उम्मेदवारलाई असहयोग हुने शङ्का जिल्लाका शीर्ष नेतृत्वलाई पर्न गएको देखिन्छ ।

स्थानीय तह अधिकार सम्पन्न भएकाले पनि सबै दलका कार्यकर्तामा जनप्रतिनिधि बनेर काम गर्ने इच्छाशक्ति निकै बढेको देखिन्छ । यतिखेर दलहरु उम्मेदवार छान्नका लागि आन्तरिक बैठकमा व्यस्त देखिन्छन् । दलहरुले केही दिनभित्र स्वच्छ छवि, जनता माझ लोकप्रिय र जनप्रतिनिधि बनेपछि जनताको हितमा काम गर्नसक्ने उम्मेदवार छानिने बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित)