2026-10-16 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल

2026-09-18

काठमाडौँ | पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे। नेपालजस्तो भूपरिवेष्टित मुलुकले दुई ठुला छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै राष्ट्रिय स्वाभिमान र सम्मानको रक्षा गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्ने उनले बताए। मुलुकको राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र संविधान निर्माणमा आफूहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सङ्घीयताको रक्षा गर्ने जिम्मेवारी पनि आफूहरूकै काँधमा आइपुगेको दाबी उनले गरे। गणतन्त्र, संविधान र सङ्घीयताको संरक्षण र सुदृढीकरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उनले स्पष्ट पारे। राष्ट्रिय राजनीतिमा नेकपाको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै उनले लोकतन्त्र, गणतन्त्र, संविधान र सङ्घीयताको रक्षाका लागि विचार मिल्ने तथा लोकतन्त्रका लागि लडेका शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताए। कार्यक्रमलाई सम्बोधन गर्दै सहसंयोजक नेपालले भने, ‘अहिले हाम्रो देश ठुलो सङ्कटमा छ। विदेशीहरूको चलखेल चलिरहेको छ। राष्ट्रियता सङ्कटमा छ। हाम्रो देश कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? यो हामीलाई चिन्ता छ।’

नेपालको भूराजनीतिक अवस्था र छिमेकी सम्बन्धबारे बोल्दै उनले थपे, ‘नेपालजस्तो भूपरिवेष्टित देश, दुई ठुला देशको बिचमा अवस्थित यो देश कसरी शान्तिपूर्ण ढङ्गले बाँच्ने, कसरी छिमेकीहरूसँग सुमधुर सम्बन्ध बनाउने र नेपालको स्वाभिमानको रक्षा कसरी गर्ने भन्ने भावनाबाट हामी अगाडि बढ्नुपर्छ।’ चुनौतीहरूको सामना गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘नेपालको सम्मान कसरी अगाडि बढाउने भन्ने भावनाबाट हामी अगाडि बढ्नुपर्ने र त्यसमा कसैले समस्या खडा गर्न खोज्छन् भने, चुनौती दिन खोज्छन् भने सामना गर्ने आँट हामीले गर्नुपर्छ।’

संविधान र व्यवस्थाको रक्षाबारे उदाहरण दिँदै उनले भने, ‘हामीले ल्याएका परिवर्तनहरूको रक्षा गर्ने दायित्व हाम्रै हो। आमाको काम छोराछोरीलाई जन्माउने मात्र होइन, हुर्काउने पनि हो। उनीहरूलाई राम्रो बनाउने, योग्य र सक्षम बनाउने पनि हो। यो सबै जिम्मेवारी पूरा गर्न तपाईंहरूको सहयोग चाहिन्छ।’ सम्बोधनका क्रममा सहसंयोजक नेपालले कृषिको आधुनिकीकरण र यान्त्रीकरणमार्फत मुलुकमा कृषि क्रान्तिलाई अगाडि बढाउनुपर्नेमा समेत जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु