2026-10-19 06:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली

2026-09-19

काठमाडौँ | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने दुष्प्रयासहरू कहिल्यै सफल नहुने स्पष्ट पारेका छन्। संविधान दिवसका अवसरमा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू एमालेभित्र १० वटा महाभारत लडेर यहाँसम्म आइपुगेकाले कुनै पनि षड्यन्त्रबाट विचलित नहुने दाबी गरे।

विरोधीहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले महाभारतको प्रसंग जोडेर भने, ‘केपी ओली मैदानमा छ। अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए, मैले त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ।’ महाभारतमा जटिल परिस्थितिमा भीष्मपितामह ढलेको प्रसंग उल्लेख गर्दै आफू कुनै हालतमा त्यसरी ढल्ने र मैदान छाड्ने अवस्थामा नरहेको अडान उनले दोहोर्‍याए।

​पछिल्लो समय एमालेभित्र अध्यक्ष र महासचिवसमेत बाँडफाँट भइसकेको र नयाँ पार्टी बन्न लागेको भन्दै फैलाइएका हल्लाहरूलाई उनले पूर्णतः निराधार र झुटो भएको बताए। पार्टीमाथि चौतर्फी प्रहार भइरहेको उल्लेख गर्दै ओलीले कुन्ती मोक्तानको गीतको सम्झना गर्दै भने, ‘एमाले आफ्नो बाटो हिँड्छ, खुट्टा तान्दै गर, म यत्तिकै यहाँ आइपुगेको होइन।’

आगामी असोज ६ र ७ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिँदै उनले उक्त बैठकपछि पार्टी थप एकताबद्ध भएर आगामी कामको दृढ संकल्पसहित अघि बढ्ने बताए। सोही बैठकमार्फत पार्टी विभाजनका सबै भ्रम र हल्लाहरूको स्वतः खण्डन हुने विश्वाससमेत उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु