2026-09-19 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली

2026-09-19

काठमाडौँ | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने दुष्प्रयासहरू कहिल्यै सफल नहुने स्पष्ट पारेका छन्। संविधान दिवसका अवसरमा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू एमालेभित्र १० वटा महाभारत लडेर यहाँसम्म आइपुगेकाले कुनै पनि षड्यन्त्रबाट विचलित नहुने दाबी गरे।

विरोधीहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले महाभारतको प्रसंग जोडेर भने, ‘केपी ओली मैदानमा छ। अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए, मैले त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ।’ महाभारतमा जटिल परिस्थितिमा भीष्मपितामह ढलेको प्रसंग उल्लेख गर्दै आफू कुनै हालतमा त्यसरी ढल्ने र मैदान छाड्ने अवस्थामा नरहेको अडान उनले दोहोर्‍याए।

​पछिल्लो समय एमालेभित्र अध्यक्ष र महासचिवसमेत बाँडफाँट भइसकेको र नयाँ पार्टी बन्न लागेको भन्दै फैलाइएका हल्लाहरूलाई उनले पूर्णतः निराधार र झुटो भएको बताए। पार्टीमाथि चौतर्फी प्रहार भइरहेको उल्लेख गर्दै ओलीले कुन्ती मोक्तानको गीतको सम्झना गर्दै भने, ‘एमाले आफ्नो बाटो हिँड्छ, खुट्टा तान्दै गर, म यत्तिकै यहाँ आइपुगेको होइन।’

आगामी असोज ६ र ७ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिँदै उनले उक्त बैठकपछि पार्टी थप एकताबद्ध भएर आगामी कामको दृढ संकल्पसहित अघि बढ्ने बताए। सोही बैठकमार्फत पार्टी विभाजनका सबै भ्रम र हल्लाहरूको स्वतः खण्डन हुने विश्वाससमेत उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता