2026-10-16 09:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक

2026-09-18

MANTRI PARISAD

काठमाडौँ | सरकारले शुक्रबार विभिन्न ५ निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मुख्यगरी ५ वटा निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

१. देहायका व्यक्तिहरुलाई तपशिल बमोजिमका मुलुकमा नेपाली राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने र सुनुवाइका लागि संसदीय समितिमा लेखी पठाउने :

निश्चलनाथ पाण्डे– भारत, कल्याणराज शर्मा– चीन, चिरनजंग थापा–अमेरिका, गौरव शमशेर जंगबहादुर राणा–संयुक्त अधिराज्य (यूके), जिग्यानकुमार थापा – जापान, सुरेशकुमार कर्ण – इजरायल, प्राप्ति शेरचन – स्पेन, शरू जोशी– जर्मनी, पद्माक्षी राणा– ओमान, चूडामणि खरेल– मलेसिया, प्रा. डा. सङ्गम श्रेष्ठ– दक्षिण कोरिया, डा. मंचला झा– श्रीलंका, गिरीबहादुर सुनार– साउदी अरेबिया

२ नेपाली नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने ।

३. साविकमा कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने।

४. नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्ति गर्ने।

५. सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु