कृष्ण कँडेल/बैसाख ३, बागलुङ । नेकपा माओवादी केन्द्र बाडिगाड गाउँपालिकाको शनिबार भिमगिठेमा भएको पहिलो एकता सम्मेलनबाट झनबहादुर बुढाको अध्यक्षतामा ४५ सदस्यीय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/बैसाख ३, बागलुङ । नेकपा माओवादी केन्द्र बाडिगाड गाउँपालिकाको शनिबार भिमगिठेमा भएको पहिलो एकता सम्मेलनबाट झनबहादुर बुढाको अध्यक्षतामा ४५ सदस्यीय "/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माओवादी केन्द्र बडिगाड गाउँपालिका अध्यक्षमा बुढा

३ बैशाख २०७४, आईतवार ०१:५४


कृष्ण कँडेल/बैसाख ३, बागलुङ । नेकपा माओवादी केन्द्र बाडिगाड गाउँपालिकाको शनिबार भिमगिठेमा भएको पहिलो एकता सम्मेलनबाट झनबहादुर बुढाको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति गठन गरेको छ । 

समितिको उपाध्यक्ष मिलन रेश्मी, सचिव प्रबोध थापा, सहसचिव नरेश्वर घिमिरे र तुल्सी विक तथा कोषाध्यक्ष कुमारी थापा रहनुभएको छ । मिलन रेश्मीको संयोजकत्वमा ६१ सदस्यीय गाउँपालिका स्तयरिय वाईसिएलको समिति गठन गरिएको छ । वाईसिएलको सहसंयोजक हर्क बुढा र कमल हिजाले, सचिव सेरबहादुर घर्ती र कोषाध्यक्ष ज्योती बुढा रहनुभएको छ । वाईसिएलको गाउँपालिका ईञ्चार्जमा राजन पाईजा रहनुभएको छ । 

सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका पोटिव्युरो सदस्य तथा बागलुङका सहईञ्चार्ज फमलाल निउरेले स्थानिय तहको संरचनालाई संस्थागत गरि बिकासको प्रक्रियालाई अघि बढाउन तोकिएकै समयमा निर्वाचन गर्नुको विकल्प नरहेको बताउनुभयो । 


उहाँले संघिय संरचना कार्यान्वय गरि समृद्ध नयाँ नेपाल निर्माणको लागि स्थानिय तहमा माओवादी केन्द्रको नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा बागलुङका सहसंयोजक ज्ञामनाथ गैरै अनिलले माओवादी आन्दोनले उठाएका प्रगतिशित मुद्धाको कार्यान्वयका लागि जसको निति उसैको नेतृत्वको आबश्यक रहेको भन्दै आफ्नो पार्टीका उम्मेद्वारलाई मतदान गर्न आह्वान गर्नुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन नगरपालिका ईन्चार्ज राजेन्द्र कुँवर, ढोरपाटन नगरपालिका अध्यक्ष चन्द्र आर्याल, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका कोषाध्यक्ष रामचन्द्र खरेल, वाईएलका राजन पाईजा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका सावित्रा आचार्य, राष्ट्रिय दलित मुक्तिमार्चाका मनोज गैरे र दलित महिलाको तर्फबाट तुल्सी विकले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

उद्घाटन कार्यक्रम राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा बडिगाड गाउँपालिका ईञ्चार्ज राजिब घिमिरेको अध्यक्षता, झनबहादुर बुढाको स्वागत र एकीकृत अखिल नेपाल शिक्षक संगठनका जीतबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य