कृष्ण कँडेल/बैसाख ३, बागलुङ । नेकपा माओवादी केन्द्र बाडिगाड गाउँपालिकाको शनिबार भिमगिठेमा भएको पहिलो एकता सम्मेलनबाट झनबहादुर बुढाको अध्यक्षतामा ४५ सदस्यीय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/बैसाख ३, बागलुङ । नेकपा माओवादी केन्द्र बाडिगाड गाउँपालिकाको शनिबार भिमगिठेमा भएको पहिलो एकता सम्मेलनबाट झनबहादुर बुढाको अध्यक्षतामा ४५ सदस्यीय "/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माओवादी केन्द्र बडिगाड गाउँपालिका अध्यक्षमा बुढा

२०७४, ३ बैशाख आईतवार ०१:५४


कृष्ण कँडेल/बैसाख ३, बागलुङ । नेकपा माओवादी केन्द्र बाडिगाड गाउँपालिकाको शनिबार भिमगिठेमा भएको पहिलो एकता सम्मेलनबाट झनबहादुर बुढाको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति गठन गरेको छ । 

समितिको उपाध्यक्ष मिलन रेश्मी, सचिव प्रबोध थापा, सहसचिव नरेश्वर घिमिरे र तुल्सी विक तथा कोषाध्यक्ष कुमारी थापा रहनुभएको छ । मिलन रेश्मीको संयोजकत्वमा ६१ सदस्यीय गाउँपालिका स्तयरिय वाईसिएलको समिति गठन गरिएको छ । वाईसिएलको सहसंयोजक हर्क बुढा र कमल हिजाले, सचिव सेरबहादुर घर्ती र कोषाध्यक्ष ज्योती बुढा रहनुभएको छ । वाईसिएलको गाउँपालिका ईञ्चार्जमा राजन पाईजा रहनुभएको छ । 

सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका पोटिव्युरो सदस्य तथा बागलुङका सहईञ्चार्ज फमलाल निउरेले स्थानिय तहको संरचनालाई संस्थागत गरि बिकासको प्रक्रियालाई अघि बढाउन तोकिएकै समयमा निर्वाचन गर्नुको विकल्प नरहेको बताउनुभयो । 


उहाँले संघिय संरचना कार्यान्वय गरि समृद्ध नयाँ नेपाल निर्माणको लागि स्थानिय तहमा माओवादी केन्द्रको नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा बागलुङका सहसंयोजक ज्ञामनाथ गैरै अनिलले माओवादी आन्दोनले उठाएका प्रगतिशित मुद्धाको कार्यान्वयका लागि जसको निति उसैको नेतृत्वको आबश्यक रहेको भन्दै आफ्नो पार्टीका उम्मेद्वारलाई मतदान गर्न आह्वान गर्नुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन नगरपालिका ईन्चार्ज राजेन्द्र कुँवर, ढोरपाटन नगरपालिका अध्यक्ष चन्द्र आर्याल, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका कोषाध्यक्ष रामचन्द्र खरेल, वाईएलका राजन पाईजा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका सावित्रा आचार्य, राष्ट्रिय दलित मुक्तिमार्चाका मनोज गैरे र दलित महिलाको तर्फबाट तुल्सी विकले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

उद्घाटन कार्यक्रम राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा बडिगाड गाउँपालिका ईञ्चार्ज राजिब घिमिरेको अध्यक्षता, झनबहादुर बुढाको स्वागत र एकीकृत अखिल नेपाल शिक्षक संगठनका जीतबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी