2026-09-18 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्यालय भवन पुनःनिर्माणका लागि प्रवासीबाट १२ लाख सहयोग

बैशाख ३, म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको कक्षा कोठा भवन निर्माणका लागि अमेरिकाबाट रु १२ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । 

अमेरिकामा रहेका भकिम्लीका बासिन्दाले सङ्कलन गरेर पठाएको रु १२ लाख १२ हजार २०० शनिबार विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ । अमेरिकामा रहेका याम पुनको संयोजनमा १३ जनाले सो रकम सङ्कलन गरेर पठाएका हुन् । 

सहयोगदाताका अभिभावकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुन र प्रअ रामबहादुर पुनलाई रकम हस्तान्तरण गर्नुभएको थियो । 

स्थानीयस्तरबाट सहयोग सङ्कलन गरेर रु तीन करोडको लागतमा ३० कोठे पक्की भवन निर्माण कार्य अघि बढाइएको छ । पहिलो चरणमा १० कोठे भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म रु ७६ लाख खर्च भएकामा रु २० लाख ऋण रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई