2026-07-25 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा चुनावी सरगर्मी बढ्यो

बैशाख ३, दाङ । स्थानीय तहको निर्वाचन आउन अब २८ दिन मात्र बाँकी रहँदा दाङमा चुनावी चहलपहल बढेको छ । 

अहिले जिल्लाका दुई उपमहानगरपालिका एक नगरपालिकासहित सातवटा गाउँपालिकामा चुनावी चहलपहल बढेको हो । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकालगायत सातवटा गाउँपालिकाका विभिन्न वडा तथा गाउँमा आ–आफ्ना पक्षमा मतदातालाई आकर्षित गर्नका लागि विभिन्न दलले बैठक, भेला, सभा लगायतका कार्यक्रम गरिरहेका छन् । 

यसैबीच जिल्लाको सबैभन्दा पुरानो नगर सदरमुकाम रहेको घोराही उपमहानगरपालिकामा यतिखेर चुनावी सरगर्मी बढेको छ । सो उपमहनगरपालिकामा आफ्नो दलको वर्चस्व कायम राख्न प्रमुख तीन दलसहित साना दललेसमेत दौडधूप गरेपनि अहिलेसम्म कुनै पनि दलले उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । 

घोराही उपमहानगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र (माओवादी केन्द्र) बीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । त्रिभुननगरलाई २०६२/६३ को आन्दोलन पछि घोराही नगरपालिका बनाइएकामा गतवर्ष त्रिपुर नगरपालिका, रामपुर गाविस, धर्ना सौडियार सैघा गाविसलाई गाभेर उपमहानगरपालिका घोषणा गरिएको हो । सो उपमहानगरपालिकामा एक लाख ५६ हजार १६४ जनसङ्ख्या छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक