बैशाख ३, काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय पक्षलाई थप सुदृढ तुल्याएर आमसञ्चारमाध्यमका बीचमा रेडियो नेपाललाई प्रतिस्पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३, काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय पक्षलाई थप सुदृढ तुल्याएर आमसञ्चारमाध्यमका बीचमा रेडियो नेपाललाई प्रतिस्पर"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आचारसंहिता पालनाबारे सञ्चारमाध्यमले विशेष हेक्का राख्नुपर्छ–डा यादव

२०७४, ३ बैशाख आईतवार ०९:१६

बैशाख ३, काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय पक्षलाई थप सुदृढ तुल्याएर आमसञ्चारमाध्यमका बीचमा रेडियो नेपाललाई प्रतिस्पर्धी र अब्बल तुल्याउन आवश्यक रहेको बताउनुभएको छ । 

‘स्थानीय तह निर्वाचन र आमसञ्चारमाध्यम’ विषयको दुईदिने तालिमको आज सिंहदरबारस्थित रेडियो नेपालको परिसरमा उद्घाटन गर्दै उहाँले कसैले भनेको कुरा सुनेको भरमा होइन, वस्तुगत र तथ्यपरक समाचार सङ्कलन र प्रसारणमा रेडियो नेपालले बढी ध्यान पुर्याउन आवश्यक छ भन्नुभयो । 

उहाँले भन्नुभयो, “आफ्ना सबै कार्यक्रममा निर्वाचनलाई उच्च प्राथमिकता दिएर रेडियो नेपालले ज्यादै प्रशंसनीय काम गरेको छ, मतदाता शिक्षा अझै जनता बीचमा पु¥याउन आवश्यक छ, निर्वाचनको प्रचारप्रसारका भरपर्दाे साधन राजनीतिक दल भए पनि आचारसंहिता पालनालगायतका पक्षमा सञ्चारमाध्यमले विशेष हेक्का राख्नुपर्छ ।” 

राजनीतिक दलबीच देखिएको असहजताको वातावरणले अप्ठेरोमा पार्ने हो कि भन्ने आफूलाई लागिरहेको बताउँदै उहाँले भन्नुभयो, “राजनीतिक दलबीच सहकार्य र सहमतिका आधारमा निर्वाचनको वातावरण छिट्टै सहज र सरल हुनेछ ।” 

सो अवसरमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहनेछ भन्नुभयो । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीले निर्वाचनको नयाँ परिवेशमा प्रयोग भएका नयाँ प्रविधि र निर्माण भएका नयाँ कानुनका बारेमा कम्तीमा पनि जानकारी मिलोस् भन्ने हेतुले तालिम आयोजना गरिएको बताउनुभयो । 

निर्वाचन आचारसंहिताको पालना, मतदाता शिक्षा, संविधानले परिकल्पना गरेको समानुपातिक र समावेशी सिद्धान्तका आधारमा उम्मेदवार बन्न पाउने प्रावधान, गाउँसभा, गाउँ कार्यकारिणी र गाउँ न्यायिक समितिसम्बन्धी व्यवस्थाका बारेमा पनि तालिममा जानकारी दिइनेछ । रेडियो नेपालका सञ्चारकर्मीका लागि आयोजित उक्त तालिममा ४० जनाको सहभागिता छ । रेडियो नेपालबाट हाल स्थानीय निर्वाचनका सन्दर्भमा २१ भाषाभाषीबाट मतदाता शिक्षाको प्रचारप्रसार हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै