बैशाख ३, काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय पक्षलाई थप सुदृढ तुल्याएर आमसञ्चारमाध्यमका बीचमा रेडियो नेपाललाई प्रतिस्पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३, काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय पक्षलाई थप सुदृढ तुल्याएर आमसञ्चारमाध्यमका बीचमा रेडियो नेपाललाई प्रतिस्पर"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आचारसंहिता पालनाबारे सञ्चारमाध्यमले विशेष हेक्का राख्नुपर्छ–डा यादव

३ बैशाख २०७४, आईतवार ०९:१६

बैशाख ३, काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय पक्षलाई थप सुदृढ तुल्याएर आमसञ्चारमाध्यमका बीचमा रेडियो नेपाललाई प्रतिस्पर्धी र अब्बल तुल्याउन आवश्यक रहेको बताउनुभएको छ । 

‘स्थानीय तह निर्वाचन र आमसञ्चारमाध्यम’ विषयको दुईदिने तालिमको आज सिंहदरबारस्थित रेडियो नेपालको परिसरमा उद्घाटन गर्दै उहाँले कसैले भनेको कुरा सुनेको भरमा होइन, वस्तुगत र तथ्यपरक समाचार सङ्कलन र प्रसारणमा रेडियो नेपालले बढी ध्यान पुर्याउन आवश्यक छ भन्नुभयो । 

उहाँले भन्नुभयो, “आफ्ना सबै कार्यक्रममा निर्वाचनलाई उच्च प्राथमिकता दिएर रेडियो नेपालले ज्यादै प्रशंसनीय काम गरेको छ, मतदाता शिक्षा अझै जनता बीचमा पु¥याउन आवश्यक छ, निर्वाचनको प्रचारप्रसारका भरपर्दाे साधन राजनीतिक दल भए पनि आचारसंहिता पालनालगायतका पक्षमा सञ्चारमाध्यमले विशेष हेक्का राख्नुपर्छ ।” 

राजनीतिक दलबीच देखिएको असहजताको वातावरणले अप्ठेरोमा पार्ने हो कि भन्ने आफूलाई लागिरहेको बताउँदै उहाँले भन्नुभयो, “राजनीतिक दलबीच सहकार्य र सहमतिका आधारमा निर्वाचनको वातावरण छिट्टै सहज र सरल हुनेछ ।” 

सो अवसरमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहनेछ भन्नुभयो । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीले निर्वाचनको नयाँ परिवेशमा प्रयोग भएका नयाँ प्रविधि र निर्माण भएका नयाँ कानुनका बारेमा कम्तीमा पनि जानकारी मिलोस् भन्ने हेतुले तालिम आयोजना गरिएको बताउनुभयो । 

निर्वाचन आचारसंहिताको पालना, मतदाता शिक्षा, संविधानले परिकल्पना गरेको समानुपातिक र समावेशी सिद्धान्तका आधारमा उम्मेदवार बन्न पाउने प्रावधान, गाउँसभा, गाउँ कार्यकारिणी र गाउँ न्यायिक समितिसम्बन्धी व्यवस्थाका बारेमा पनि तालिममा जानकारी दिइनेछ । रेडियो नेपालका सञ्चारकर्मीका लागि आयोजित उक्त तालिममा ४० जनाको सहभागिता छ । रेडियो नेपालबाट हाल स्थानीय निर्वाचनका सन्दर्भमा २१ भाषाभाषीबाट मतदाता शिक्षाको प्रचारप्रसार हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’