वैशाख ३, पोखरा। हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा जाने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । 

नेपालका चारधाममध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ३, पोखरा। हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा जाने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । 

नेपालका चारधाममध"/>

2026-10-29 02:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

मुक्तिनाथमा आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या बढ्दै

वैशाख ३, पोखरा। हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा जाने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । 

नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका नेपाली दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका छन् भने भारतका विभिन्न स्थानबाट पुग्ने दर्शनार्थीको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ । मुक्तिनाथ मन्दिरका ब्राम्ह्ण पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार पछिल्ला दिन देशका विभिन्न भू–भागबाट मुक्तिनाथ आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ भने भारतबाट आउने दर्शनार्थीको सङ्ख्या पनि उल्लेख्य रुपमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो । 

पछिल्लो समयमा म्याग्दीको बेनी हुँदै सडक मार्ग भएर जाने बाटोको पनि स्तरोन्नति हुँदै गएका कारण बाटोको सहजताले धार्मिक पर्यटकको सङ्ख्या बढेको हो । ‘मुक्तिनाथ भगवान् विष्णुको नाम हो ।’ विष्णु, लक्ष्मीनारायण, भूदेवीका मूर्ति रहेको यो मन्दिर हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थलका रुपमा रहेको छ । 

मुक्तिनाथ र गुम्बामा हिन्दूका ब्राह्मण पुजारी र बौद्धका झुमाले आ–आफ्नै परम्पराअनुसार पूजा र रेखदेख गर्ने प्रचलन छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट पूर्वमा पर्ने यो मन्दिर तीन हजार ७१० मिटर उचाइमा छ । यहाँबाट धवलागिरि, निलगिरि, गणेश, थोरङ्लालगायत उच्च हिमाली शुङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । 

मुक्तिनाथ परिसरमा उत्तरपूर्वी भू–भागमा अवस्थित ज्वालामाई मन्दिरभित्र धिपधिप बलिरहेको ज्योति हेर्नका लागि यहाँ पुग्ने जो कोही लालायित हुनेगरेका छन् । 

विशेष गरी मुक्तिनाथमा फागुनको अन्तिम सातादेखि वैशाखको अन्तिम सातासम्म र असोेज तथा कात्तिकको समयमा दर्शनार्थी बढी आउने गरेको स्थानीयवासी झिम्पा गुरुङले बताउनुभयो । 

असोज कात्तिकको समयमा पर्ने सोह्रश्राद्धका अवसरमा कागबेनीमा पिन्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ उद्धार एवम् पारिवारिक सुख शान्ति मिल्ने प्राचीन जनविश्वासका आधारमा उक्त समयमा धेरै धार्मिक पर्यटक मुक्तिनाथ जाने गरेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार अधिकांश दर्शनार्थी चैते दसैँको अवसर पारी मन्दिरमा आउने गरेका छन् । पछिल्ला दिन आन्तरिक पर्यटककका साथै भारतीय पर्यटकको मुक्तिनाथ आउने क्रम बढेको स्थानीय जनप्रिय युवा क्लबका अध्यक्ष एवम् होटल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले बताउनुभयो । 

“पर्यटकको बढ्दो आगमनसँगै मुक्तिनाथ क्षेत्रमा नै लगभग २२ वटा होटलले पर्यटकलाई खान र बस्नको सुविधा प्रदान गरेका छन्,” उहाँले भन्नुभयो, “ मुक्तिनाथमा भएका होटलमा प्रतिदिन एक हजार ५०० जनासम्म आन्तरिक पर्यटकलाई थेग्नसक्ने क्षमता रहेको छ ।” गुरुङका अनुसार लगभग ७०० विदेशी पर्यटक प्रतिदिन मुक्तिनाथमा बस्नसक्ने अवस्था छ । 

मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही पोखराबाट म्याग्दीको सदरमुकाम बेनी, जोमसोम हुँदै सडक यात्राबाट जाने गरेका छन् भने केही पोखरा–जोमसोम हवाई उडानका माध्यमबाट जोमसोम पुगी त्यहाँबाट लगभग दुई घन्टा समय सडक याातायात प्रयोग गरी पुग्ने गरेका छन् । 

बेनीबाट मुक्तिनाथसम्म नै पुग्ने बाटो चाँडो कालोपत्रे गर्न सकेमा मुक्तिनाथ पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढ्ने देखिएको मार्फास्थित रेड एप्पल होटलका सञ्चालक सकुन्तला लालचनले बताउनुभयो । 

“खासै बाटो राम्रो नहुँदा पनि सडक मार्गबाट आउने पर्यटकको सङ्ख्या उत्साहजनक रुपमा वृद्धि भएको छ,” उहाँले भन्नुभयो, “ समग्र मुस्ताङलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न राज्यले सर्वप्रथम सडक मार्गकै स्तरोन्नति गर्नु आवश्यक छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह