४ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक

६ मंसिर २०८१, बिहीबार १३:२०

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत छनोट भई भिसा लागेका १,४०० नेपाली श्रमिक हवाई टिकट नपाउँदा कोरिया जानबाट रोकिएका छन्।

श्रमिकलाई टिकट उपलब्ध गराउने जिम्मा पाएको कोरियन एयरको जिएसए (जनरल सेल्स एजेण्ट) युनिभर्सल टुर एण्ड ट्राभलले टिकट उपलब्ध गराउन नसकेका कारण समस्या उत्पन्न भएको हो। यसले श्रमिकहरूको हवाई उडानमा बाधा पुर्‍याएको छ।

वैदेशिक रोजगार विभागको ईपीएस शाखाका प्रवक्ता कमलराज श्रेष्ठका अनुसार, धेरै संख्यामा भिसा जारी भएको र चाडपर्वको समयमा कामको चाप बढेकाले उडान प्रभावित भएको हो। उनले भने, “दसैं र तिहारको बीचमा धेरै श्रमिकको भिसा आएको हुँदा उडानमा समस्या भएको छ। हालसम्म डिसेम्बरमा ६५० जना श्रमिकको उडान तालिका तय भएको छ।”

कोरियन एयरले काठमाडौं–सिओलको सिधा उडान हप्तामा तीन पटकमात्र सञ्चालन गर्ने भएकाले समस्या झन् गम्भीर बनेको छ। कोरिया जाने श्रमिकले ट्रान्जिट उडान प्रयोग गर्न नपाउने भएकाले टिकट अभावले थप दबाब सिर्जना गरेको छ।

युनिभर्सल टुर एण्ड ट्राभलले श्रमिकलाई प्रति टिकट ८९५ अमेरिकी डलर (झण्डै १ लाख १९ हजार रुपैयाँ) को दरमा उडाउन टेन्डर पाएको भए पनि नियमित श्रमिकबाहेकलाई औसत १ लाख ५० हजार रुपैयाँमा टिकट बिक्री गरिरहेको बताइएको छ।

भिसा जारी भएको तीन महिनाभित्र श्रमिक कोरिया पुग्नुपर्ने कानुनी प्रावधान छ। प्रवक्ता श्रेष्ठले कोरिया जाने श्रमिकलाई समयमा उडाउन आवश्यक प्रक्रिया अघि बढाइएको र सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइसकेको जानकारी दिए।

गत साउनदेखि कार्तिकसम्म ३,१७२ जना श्रमिक कोरिया पुगिसकेका छन्। हालसम्म उत्पादन क्षेत्रमा ८,१५१, कृषि क्षेत्रमा ८,५००, र पानीजहाज निर्माण क्षेत्रमा ४,००० जना गरी २०,६५१ जना रोष्टरको सूचीमा रहेका छन्। ती श्रमिकलाई रोजगारदाताले छनोट गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. निकोलस भुसाललाई बयानका लागी आज अदालत पेस गरिँदै आज दुई संसदीय समितिको बैठक बस्दै विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायी प्रेम घलेको निधन शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति? यस्तो रहने छ आजको मौसम अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै