चैत ३,परासी। पुर्ब निर्धारीत कार्यक्रम अनुसार आज मधेशी मोर्चा नवलपरासीले जिल्ला निर्बाचन कार्यालयलाई एक घण्टा घेराउ गरेको छ । स्थानिय निर्वाचन बहिष्कार गर्न र सरकारले ल्याएको नयाँ संसोधन प्रस्तावको विरोध गर्दै मोर्चाले निर्वाचन कार्यालय घेराउन गरेको हो । सदरमुकाम परासी स्थित तमलोपा पार्टीबाट निस्केको मार्चाको बिरोध जुलुसले परासी बजारका बिभिन्न भाग परिक्रमा गरी रामग्राम १ मा अवस्थित निर्बाचन कार्यालयमा पुगी कार्यालय घेराउ गरेको थियो ।
विभिन्न नाराबाजीका साथ मोर्चाका कार्यकर्ताहरुले कार्यालय घेराउ गर्दै पछिल्लो पटक सरकारले ल्याएको नयाँ संविधान संसोधन प्रस्ताव पनि अपुरो भएको आरोप लगाएका थिए । सरकारले मधेशी मोर्चाको जायज मागलाई सम्बोधन नगरि पटक पटक विभिन्न बहानाबाजी गर्दै आफनो कार्यकाल लम्बयाउन खोजेको मोर्चाले आरोप लगाउदै मोर्चाको माग सम्बोधन नभएसम्म मधेशमा कुनै प्रकारको चुनाव हुन नदिने बताएको छ । घेराउ कार्यक्रममा मोर्चामा आबद्ध तमलोपा, संघिय समावबादी, गणतान्त्रीक, तमसपा लगायत पार्टी सय भन्दा बढि कार्यकर्ताहरु बिरोध जुलुसमा सहभागी भएका थिए ।