२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडक अनुशासन कायम गर्न फुटपाथका पसल हटाइँदै

२०७४, ३ बैशाख आईतवार ११:२५

वैशाख ३,काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक अनुशासनलाई कडाइका साथ लागू गर्न फुटपाथका पसल हटाउने कार्यलाई तीव्रता दिएको छ । 

सडकबाट मानिस हिँड्दा धेरै दुर्घटना भएकाले फुटपाथबाट हिँडाउन महाशाखाले काठमाडौँ महानगरपालिकासँग मिलेर पसल हटाउन लागेको हो । 

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले ट्राफिक प्रहरी, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाको सहयोगमा चैत २८ गतेदेखि फुटपाथ हटाउन थालिएको बताउनुभयो । उहाँले सडक सुरक्षाका लागि एक महिनासम्म जनचेतना जगाउने र उल्लङ्घन गरे कानुनी कारबाही गर्ने स्पष्ट पार्नुभयो । 

यस्तै, महाशाखाले वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरेपछि सवारी चालक सजग भएर सवारी चलाउन थालेको र यसबाट दुर्घटनामा कमी आएको जनाएको छ । 

महाशाखाका प्रमुख लामाले अनावश्यक हर्न बजाउने दैनिक दुई सयभन्दा बढी सवारी साधनलाई कारबाहीको दायरामा ल्याइएको बताउनुभयो । 

नयाँ नीति अनुसार अत्यावश्यक अवस्था र घुम्तीमा बाहेक अन्य स्थानमा हर्न बजाउन पाइँदैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !