बैशाख ३, धनगढी | धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत सातौ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले लगातार चौथो जित हासिल गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ३, धनगढी | धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत सातौ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले लगातार चौथो जित हासिल गरेको छ । 

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीपीएल क्रिकेट: रुपन्देही च्यालेन्जर्सको लगातार चौथो जित

३ बैशाख २०७४, आईतवार १३:१३


बैशाख ३, धनगढी | धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत सातौ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले लगातार चौथो जित हासिल गरेको छ । 

आइतबार बिहान भएको खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किङ्गसलाई ६१ रनले पराजित र्गयो । जितपछि रुपन्देही च्यालेन्जर्स अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको रुपन्देही च्यालेन्जर्सले निर्धारित ओभरमा १ सय ३२ रन बनायो । जसमा अन्तिम थापाले ४५, कृष्ण कार्कीले २२, पुष्प थापा १७ र हरिशंकर शाहले १४ रन बनाए । विराटनगरका लागि सुशील कँडेलले २ विकेट लिए भने पवन सराफ, किशोर महतो, सन्दिप लामिछाने र कप्तान शरद भेषावकरले समान १/१ विकेट हात पारे ।

१ सय ३३ रनको बिजयी लक्ष्य पछ्याएको विराटनगर किङ्गस भने १८ ओभर १ बलमा अलआउट हुँदै ७१ रनमै समेटियो । विराटनगरलाई ध्वस्त पार्ने क्रममा रुपन्देही च्यालेन्जर्सका साहव आलमले ४ ओभरमा १९ रन दिँदै ४ बिकेट हात पारे । उनी म्यान अफ दि म्याच समेत घोषित भए । विराटनगरलाई सस्तैमा रोक्न दिपेश श्रेष्ठ र कृष्ण कार्कीले समेत ३/३ विकेट झारे । 


सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा आइतबार भएको दोस्रो खेलमा कञ्चनपुर आइकोनिक विजयी भएको छ । कञ्चनपुर आइकोनिकले सिवाइसी अत्तरियालाई ६ विकेटले हराएर विजयी भएको हो ।  

पहिले व्याटिङ गरेको सिवाइसी अत्तरियाले कञ्चनपुर आइकोनिकसामु ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसका लागि प्रदीप ऐरीले १९ र ज्ञानेन्द्र कुवरले १५ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । कन्चनपुरका लागि अभिनाश कर्ण र सुनिल धमलाले समान ३–३ विकेट लिए 

सिवाइसीले दिएको लक्ष्य कञ्चनपुर आइकोनिकले १० ओभर मात्र ४ विकेट गुमाएर लक्ष्य भट्टायो । आइकोनिकका लागि विनोद भण्डारीले १६, सागर पुनले २२, सुनिल धमला २८ र हसिम अन्सारीले २२ रन बनाए । सिवाइसीका लागि विनोद लामाले दुई र ज्ञानेन्द्र कुवरले एक विकेट लिए ।  


प्रतियोगिता अन्तर्गतको लिग चरणको अन्तिम खेलमा टीम धनगढी र रुपन्देही च्यालेन्र्स वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । त्यो खेलले प्लेअफको टुङगो लगाउनेछ । अंक तालिकामा रुपन्देही च्यालेन्सर्ज पहिलो र विराटनगर किग्स दोस्रो हुदै प्लेअफमा पुगिसकेको छ । काठमाण्डौ गोल्डेन्स कञ्चनपुर आईकोनिक र सिवाईसी अत्तरीयाको समान ४ अंक रहेको छ । रनरेटका आधारमा काठमाण्डौ तेस्रो र कञ्चनपुर आईकोनिक चौथो स्थानमा रहेको छ । रनरेटले अत्तरीया पाचौ स्थानमा रहदा दुई अंक रहेको टीम धनगढी चौराह पुछारमा रहेको छ । अन्तिम खेलमा धनगढीले जितेमा समान चार अंक रहनेछ । त्थ्यसपछि रनरेट हेरिनेछ । धनगढी रुपन्देहीसग हारेमा काठमाण्डौ र कञ्चनपुर प्लेअफमा पुग्नेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य