थम्मन थापा सन्देश | वैशाख ४, गल्कोट | आगामी वैशाख ३१ गते हुन लागेको स्थानिय निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ मल्मको विशेष भेला आज सम्पन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... थम्मन थापा सन्देश | वैशाख ४, गल्कोट | आगामी वैशाख ३१ गते हुन लागेको स्थानिय निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ मल्मको विशेष भेला आज सम्पन्"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

स्थानिय निर्वाचनलाई लक्षित गर्दै माओवादी केन्द्रद्वारा मल्ममा भेला

४ बैशाख २०७४, सोमबार ०४:१५

थम्मन थापा सन्देश | वैशाख ४, गल्कोट | आगामी वैशाख ३१ गते हुन लागेको स्थानिय निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ मल्मको विशेष भेला आज सम्पन्न भएको छ । 

भेलामा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाका अध्यक्ष तिलक उप्रेतीले देश अहिले माओवादीको एजेन्डामा आईसकेको र अब ति उपलब्धीको संरक्षण गर्न स्थानिय निर्वाचनमा नेकपा माओवादी केन्द्र लाई मतदान गर्नु पर्ने बताउनु भएको छ । सो अवसरमा नेकपा माओवादी केन्द्र केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य डिल बहादुर परियार र नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका सहसचिव राज थापाले   प्रशिक्षण मन्तव्य राख्नु भएको थियो । 

भेलामा वडा भित्रका विभिन्न जनवर्गीय संगठनका १ सय ५३ जना माओवादी कार्यकर्ताको सहभागिता रहेको थियो । भेलाले वैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा गलकोट नगरपालिका वडा नं ७ मा वडा अध्यक्षको उम्मेदवारमा सुवेदार टिका बहादुर थापालाई सर्वसम्मत चयन गरेको छ । महिला सदस्य मन कुमारी चोखाल 'सरिता', मिना दर्जी, पदमा नेपाली अनि पुरुष सदस्यमा राज थापा, डिल बहादुर परियार, दल बहादुर थापा र लोक बहादुर थापालाई नगरमा सिफारिस गरेको छ । त्यस्तै निर्वाचन सफल पार्दै माओवादी केन्द्रको पोल्टामा चुनाव लाई केन्द्रित गर्न १५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । जस अन्तरगत झिर्कामा शिवलाल दर्जी संयोजक, टोकरीमा विष्णु थापा संयोजक, अरबेदी, खालीमा दल बहादुर थापा संयोजक, भल्साङ, कोल, फलाटेमा सुरेश थापा संयोजक, गैराखर्क, आरानटोल, मल्मडाडामा प्रेम बहादुर दर्जी संयोजक, खोलापारी, साहनीडाडा, बतासेडाडामा लोक बहादुर थापा संयोजक, सिरबारेमा धन बहादुर दर्जी, मिन बहादुर दर्जी, छबिलाल दर्जी, र विष्णु नेपाली संयोजक, आंगाखेत, बामियाँ  र तल्लो सिरबारेमा ललित मरासिनी संयोजक रहेको समिति गठन गरेको छ । 

भेला नेकपा माओवादी केन्द्र मल्मका अध्यक्ष छुम बहादुर थापाको अध्यक्षता, छबिलाल दर्जीको स्वागत र प्रेस सेन्टर नेपाल गलकोट नगरपालिकाका अध्यक्ष थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य