पर्वत । जलजला गाउँपालिका ९ बनौमा नेपाली काँग्रेस दलित संघ बनौका अध्यक्ष दिल बहादुर सार्कीको  नेतृत्वमा ९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  दलित संघको सिंगो टोलीनै माओवादी केन्द्रमा प्रवेश गरेको बनौ बाट म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जलजला गाउँपालिका ९ बनौमा नेपाली काँग्रेस दलित संघ बनौका अध्यक्ष दिल बहादुर सार्कीको  नेतृत्वमा ९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  दलित संघको सिंगो टोलीनै माओवादी केन्द्रमा प्रवेश गरेको बनौ बाट म"/>
2026-09-19 09:02 PM
पर्बत - PBT

काँग्रेसलाई झड्का – बनौ दलित संघको सिंगो टोली माओवादी केन्द्रमा प्रवेश

पर्वत । जलजला गाउँपालिका ९ बनौमा नेपाली काँग्रेस दलित संघ बनौका अध्यक्ष दिल बहादुर सार्कीको  नेतृत्वमा ९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  दलित संघको सिंगो टोलीनै माओवादी केन्द्रमा प्रवेश गरेको बनौ बाट माओवादी केन्द्रका गौ बहादुर पुर्जाले जानकारी दिए । उनका अनुसार आइतबार बसेको वडा भेलाले निर्मल पुन को अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्ष कुम बहादुर गर्वुजा, सचिव टेकु पुर्जा, कोषाध्यक्ष मिस्मा फगामी, सहसचिव  मिन पुर्जा रहेका छन् । त्यस्तै सदस्यहरुमा  गौबहादुर पुर्जा, मनोज पुर्जा, खरु फगामी , हस्तबहादुर पुर्जा , पुर्ने पुजा, नम्रता पुर्जा, अम्बरी फगामी,पदमबहादुर पुर्जा , मिलन पुर्जा, विरबहादुर पुर्जा , दिरबहादुर फगामी , श्याम बहादुर पुर्जा , दलबहादुर पुर्जा र टिका फगामी  रहेका छन् ।


सोही भेलाले  दमिसा फगामीको नेतृत्वमा २१ सदस्य अखिल नेपाल महिला संघ गठन गरेको छ  भने  भीमबहादुर फगामीको  नेतृत्वमा ३५ सदस्यीय वाइसिएल वडा कमिटि गठन गरेको छ । 

जलजला गाउँपालिकाका संयोजक एवं केन्द्रिय सदस्य दिपक आचार्यको आथित्यमा भएको कार्यक्रममा बोल्दै आचार्यले जसको एजेण्डा उसकै जित हुनुपर्नेमा जोड दिए । उनले माओवादी केन्द्रको जित  जलजला गाउँपालिकामा सुनुश्चित जस्तै भएको भन्दै बहुमतका साथ विजय हुनको लागि टोलटोलमा जागरण अभियान चलाउनुपर्नेमा जोड दिए । धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता र समावेशीता माओवादीको एजेण्डा रहेको र सोही अनुसार देश अगाडि बढेको भन्दै उनले माओवादी केन्द्रको जीत नभए देशले यी चार चिज गुमाउने खतरा रहेको बताए ।


दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य दुर्गा दर्जीले दलितको एजेण्डा बाकेको पार्टी माओवादीनै भएका कारण माओवादीलाई जिताउनुपर्नेमा जोड दिए । समाजमा भएका छुवाछुत अन्त्य गर्नको लागि र सवै जातजाति भाषाधर्म सम्प्रदायका मानिसहरु एक भएको सन्देश दिनको लागि माओवादी केन्द्रले अभियान चलाएको र सोही अनुसार देशमा गणतन्त्र स्थापना भएको बताए । उनले दलितहरुको मुक्तिको लागि जनयुद्धकालबाट माओवादीले अभियान चलाएको र आज क्रमिक रुपमा सफल भएको भन्दै थप अधिकार प्राप्त गर्न र दलितहरुको अधिकार सुनुश्चित गर्नको लागि माओवादी केन्द्रमा भोट हाल्नुपर्नेमा जोड दिए ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो