पर्वत । जलजला गाउँपालिका ९ बनौमा नेपाली काँग्रेस दलित संघ बनौका अध्यक्ष दिल बहादुर सार्कीको  नेतृत्वमा ९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  दलित संघको सिंगो टोलीनै माओवादी केन्द्रमा प्रवेश गरेको बनौ बाट म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जलजला गाउँपालिका ९ बनौमा नेपाली काँग्रेस दलित संघ बनौका अध्यक्ष दिल बहादुर सार्कीको  नेतृत्वमा ९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  दलित संघको सिंगो टोलीनै माओवादी केन्द्रमा प्रवेश गरेको बनौ बाट म"/>
४ पुष २०८२, शुक्रबार
पर्बत - PBT

काँग्रेसलाई झड्का – बनौ दलित संघको सिंगो टोली माओवादी केन्द्रमा प्रवेश

४ बैशाख २०७४, सोमबार ०४:३१

पर्वत । जलजला गाउँपालिका ९ बनौमा नेपाली काँग्रेस दलित संघ बनौका अध्यक्ष दिल बहादुर सार्कीको  नेतृत्वमा ९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  दलित संघको सिंगो टोलीनै माओवादी केन्द्रमा प्रवेश गरेको बनौ बाट माओवादी केन्द्रका गौ बहादुर पुर्जाले जानकारी दिए । उनका अनुसार आइतबार बसेको वडा भेलाले निर्मल पुन को अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्ष कुम बहादुर गर्वुजा, सचिव टेकु पुर्जा, कोषाध्यक्ष मिस्मा फगामी, सहसचिव  मिन पुर्जा रहेका छन् । त्यस्तै सदस्यहरुमा  गौबहादुर पुर्जा, मनोज पुर्जा, खरु फगामी , हस्तबहादुर पुर्जा , पुर्ने पुजा, नम्रता पुर्जा, अम्बरी फगामी,पदमबहादुर पुर्जा , मिलन पुर्जा, विरबहादुर पुर्जा , दिरबहादुर फगामी , श्याम बहादुर पुर्जा , दलबहादुर पुर्जा र टिका फगामी  रहेका छन् ।


सोही भेलाले  दमिसा फगामीको नेतृत्वमा २१ सदस्य अखिल नेपाल महिला संघ गठन गरेको छ  भने  भीमबहादुर फगामीको  नेतृत्वमा ३५ सदस्यीय वाइसिएल वडा कमिटि गठन गरेको छ । 

जलजला गाउँपालिकाका संयोजक एवं केन्द्रिय सदस्य दिपक आचार्यको आथित्यमा भएको कार्यक्रममा बोल्दै आचार्यले जसको एजेण्डा उसकै जित हुनुपर्नेमा जोड दिए । उनले माओवादी केन्द्रको जित  जलजला गाउँपालिकामा सुनुश्चित जस्तै भएको भन्दै बहुमतका साथ विजय हुनको लागि टोलटोलमा जागरण अभियान चलाउनुपर्नेमा जोड दिए । धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता र समावेशीता माओवादीको एजेण्डा रहेको र सोही अनुसार देश अगाडि बढेको भन्दै उनले माओवादी केन्द्रको जीत नभए देशले यी चार चिज गुमाउने खतरा रहेको बताए ।


दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य दुर्गा दर्जीले दलितको एजेण्डा बाकेको पार्टी माओवादीनै भएका कारण माओवादीलाई जिताउनुपर्नेमा जोड दिए । समाजमा भएका छुवाछुत अन्त्य गर्नको लागि र सवै जातजाति भाषाधर्म सम्प्रदायका मानिसहरु एक भएको सन्देश दिनको लागि माओवादी केन्द्रले अभियान चलाएको र सोही अनुसार देशमा गणतन्त्र स्थापना भएको बताए । उनले दलितहरुको मुक्तिको लागि जनयुद्धकालबाट माओवादीले अभियान चलाएको र आज क्रमिक रुपमा सफल भएको भन्दै थप अधिकार प्राप्त गर्न र दलितहरुको अधिकार सुनुश्चित गर्नको लागि माओवादी केन्द्रमा भोट हाल्नुपर्नेमा जोड दिए ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा