कृष्ण कँडेल/बैसाख ४, बागलुङ । लगातारको छलफलपछि बागलुङको ढोरपाटन नगरपालिकामा क्रियाशिल कम्युनिष्ट पार्टी आगमी स्थानिय निर्वाचनमा बाम तालमेल गरेर चुनाब लड्न स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/बैसाख ४, बागलुङ । लगातारको छलफलपछि बागलुङको ढोरपाटन नगरपालिकामा क्रियाशिल कम्युनिष्ट पार्टी आगमी स्थानिय निर्वाचनमा बाम तालमेल गरेर चुनाब लड्न स"/>

2026-09-19 09:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटन नगरपालिकामा बाम दल तालमेल गरेर चुनाब लड्ने


कृष्ण कँडेल/बैसाख ४, बागलुङ । लगातारको छलफलपछि बागलुङको ढोरपाटन नगरपालिकामा क्रियाशिल कम्युनिष्ट पार्टी आगमी स्थानिय निर्वाचनमा बाम तालमेल गरेर चुनाब लड्न सहमत भएका छन् । 

आज बुर्तिबाङमा भएको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा क्रान्तिकारी माओवादीका नेता विचको छलफल पनि उनिहरु चुनाबि मोर्चाबन्दी गरेर जान सहमत भएका हुन् । 

चुनाबि तालमेलामा आउन राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति नेपाल पार्टीलाई पनि आव्हान गर्ने निर्णय भएको एमाले नेता मोहनलाल शर्माले जानकारी दिनुभयो । 

‘आगामी बैसाख ३१ गने हुने स्थानिय निर्वाचनका लागि ढोरपाटन नगरपालिकामा वृहद बामपन्थी तालमेल गरेर जान हामी पुर्णत सहमत भएका छौँ’ तिनपार्टी विचको बैठककोे निर्णयमा उल्लेख छ, ‘राष्ट्रिय जनमोर्चालाई पनि चुनाबि मोर्चामा सहभागी हुन सामुहिक आव्हान गर्दछौँ ।’

जनमोर्चा र नयाँ शक्ति पार्टीलाई पनि एउटै मोर्चामा सामेल भएर स्थानिय निर्वाचनमा जाने वातावरण बनाउन अत्याधिक पहल गर्ने निर्णय भएको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा म्याग्दी–बागलुङ ईञ्चार्ज निलबहादुर पुनले जानकारी दिनुभयो ।

बिभिन्न चरणमा भएका अनौपचारिक छलफल पछि बामपन्थी मिलेर निर्वाचनमा जाने औपचारिक सहमती भएको र निरन्तर छलफल गरेर पदको बाँडफाड सहितको निष्कर्षमा पुगिने नेताहरुले बताएका छन् । 

आजको बैठकमा एमालेको तर्फबाट नेता मोहनलाल शर्मा र जिल्ला सदस्य केसर छन्त्याल, माओवादी केन्द्रको तर्फबाट जिल्ला स्तरिय बार्ता टालीका सदस्य तुल्सीराम आर्याल र ढोरपाटन नगरपालिका अध्यक्ष चन्दै आर्याल तथा क्रान्तिकारी माओवादीको तर्फबाट केन्द्रिय सदस्य निलहबहदुर पुन सँगै जिल्ला सदस्यहरु वीरबहादुर विश्वकर्मा र गुञ्जबहादुर भण्डारी सहभागी हुनुहुन्थ्यो । 

यसअघि चैत्र ३० र बैसाख ३ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी माओवादी विच छलफल भएको थियो । आज बिहान पनि द्विपक्षिय, त्रिपक्षिय र सर्वपक्षिय बैठक भएको माओवादी केन्द्रका नेता तुल्सीराम अर्यालले जानकरी दिनुभयो । 

चुनाबि मोर्चामा मिलेर जनो निर्णय गरेको दिउसोको बैठकमा भने जनमोर्चाका नेताहरु पार्टीको कार्यक्रमका लागि निसीखोला गएका कारण सहभागी नभएको बताईएको छ ।

जनमोर्चासँग पनि थप छलफल गरेर अघि बढ्ने निर्णय भएको एमालेका जिल्ला सदस्य केसर छन्त्यालले जानकरी दिनुभयो । 

जिल्लामा पनि आ–आफ्नो पार्टी मार्फत ढोरपाटन नगरपालिकामा चुनाबि एकाता गरेर जान आफुहरु सहमत भएको निष्कश पु¥याउने नेताहरुले बताएका छन् । 

 

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई