Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, ४ फाल्गुन सोमबार
पर्बत - PBT

माओवादीले जित्ने पूर्वगृहमन्त्री शक्ति बस्नेतको यस्तो विश्लेषण

२०७४, ५ बैशाख मंगलवार ०७:०२

हुम्ला, ५ वैशाख । माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन पुरानै चुनावको पुनरावृति नभएको बताएका छन । प्रेस सेन्टर नेपाल हुम्लाले आयोजना गरेको कार्यक्रमा बस्नेतले यस्तो बताएका हुन ।

एक युग अन्त्य भई नयाँ युग सुरु भएको यो स्थितिमा स्थानीय तहको चुनावले कानुन बनाउने र नीति निमार्ण गर्ने जिम्मा पाएको पुर्व गृहमन्त्री बस्नेतले बताएका छन । यो स्थानीय तहको चुनाव बिसौं वर्ष पछि स्थानीय तहको निर्वाचन भएकोले मुलुक हाल माओवादी केन्द्रले तय गरेको एजेण्डाको वरिपरि रहेको बताए ।खबरडबलीले खबर लेखेको छ ।

उनले यो मार्ग चित्र केही राजनीतिक दलका नेताहरुलाई अपाच्य भइरहेकोले चुनाव हुन नदिने क्रियाकलाप र खेल खलिरहेका बताए । हाल यो संविधान कार्यान्वयनको लागि स्थानीय तहको निर्वाचन हुन आवश्यक भएको र प्राप्त परिर्वतन एजेण्डाहरुलाई संस्थागत गर्ने नेपाली कांग्रेस र नेकपा एमालेलाई खासै चिन्ता नभएकोले यसलाई संस्थागत गर्ने माओवादीले चिन्ता गरेको बताएका हुन ।

हालको सरकारले निर्वाचन धेरै भन्दा धेरै दल निर्वाचन समावेश गर्ने सकेमा प्रभावकारी हुने भएकोले यो प्रयासमा माओवादी केन्द्रले ठुलो भुमिका खेलेको बताए । पार्टीको प्रशिक्षणमा हुम्ला पुगेका बस्नेतले तराई मुलका पार्टीहरुलाई आन्तरिक रुपमा चुनाव लागिसकेको र बाहिर आन्दोलनको नाटक मात्र गरेका बताए ।

हुम्लाका ७ वटै गाँउपालिकामा माओवादी केन्द्रले जित्ने दाबी गरेका छन । उनले यदी ७ वटा गाँउपालिका जित्ने नसके ५ वटा गाँउपालिका अनिर्वाय जित्नु पर्ने बस्नेतले कार्यकर्तालाई निर्देशन दिएका छन् । माओवादी केन्द्र सरकारमा हुँदा हालको सरकार एसियाकै उत्कृष्ट आर्थिक वृद्धिदर गराउन सफल भएको यस्तै लोडसेडिङ्ग मूक्त नेपाल बनाउने काम वर्तमान सरकारको ठुलो उपलब्धी रहेको बताए । बस्नेतले जनप्रिय प्रशासन बनाउन माओवादी केन्द्रका मन्त्रीले काम गर्ने वर्तमान सरकार सफल भएको दाबी गरेका छन ।

अबको निर्वाचनमा हामी चुनाव जित्न भन्दा पनि हाल तय भएका एजेण्डालाई संस्थागत बनाउन माओवादी केन्द्र केन्द्रीत भएको र अरु कुनै पार्टीले चाहेर पनि गर्ने नसकिने भएकोले माओवादी पार्टी त्यस प्रति केन्द्रीत हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने